Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

किन टिक्दैनन् गोरखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु ?

बिभिन्न समस्याले ग्रस्त गोरखा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत हेरफेरको बिषयले थप गलाएको छ । केही बर्ष यताको तथ्याङ्क हेर्ने हो भने छोटो अवधिमा धेरै प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर भइसकेका छन् ।

Advertisement

केही प्रशासकीय अधिकृतहरु ६ महिना पनि मुश्किलले टिकेको पाइएको छ । कृष्णप्रसाद सुवेदीभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन ६ महिनामै सरुवा मागेर गए । उनीभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल ७ महिनामै हिडे ।

पुनपछि आएका सुवेदी भलै एक बर्ष टिके तर, काम गर्ने वातावरण नभएको भन्दै सरुवाका लागि हारगुहार गर्दै उनी पनि मन्त्रालय धाए । अन्ततः सरुवा भएर उनी हिडिसकेका छन् । अव नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा एकदेव खनाल आउदै छन् । परिस्थितीले उनलाई कति समय टिकाउछ त्यो हेर्न बाँकी नै छ ।

यसरी हेर्दा अधिकांश प्रमुख प्रशासकीय अधिकृतहरु गोनपामा लामो समय टिक्न सकेको देखिदैन । काम गर्ने वातावरण नभएको भन्दै अधिकांश आफै सरुवा मागेर जाने गरेको पाइएको छ । जनप्रतिनिधी र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्वात्मक अवस्था एक कारण हो ।
मेयर र उपमेयरको फरक राजनीतिक धरातल र उनीहरुबीचको राजनीतिक स्वार्थको लडाईको चेपुवामा प्रमुख प्रशासकीय अधिकृत पर्ने गरेका छन् । ‘फरक पार्टी भएकाले मेयर र उपमेयरको धारणा र बिचार मिल्दैन, उनीहरुले आफू अनुकुल काम गर्न दवाव दिन्छन्,’ स्रोत भन्छ, ‘प्रेसर थेग्न नकसेपछि प्रमुख प्रशासकीय अधिकृतसँग सरुवा मागेर जानुको बिकल्प हुदैन ।’

संस्थागत र संरचनागत बिकासको बुझाईमा स्पष्ट नहुदाँ समस्या भएको एक कर्मचारी बताउँछन् । ‘संस्थागत नीति निर्देशन र पद्धतिको बिकास हुन सकेन, अर्काे जनप्रतिनिधी र कर्मचारीबीचको तालमेल मिल्न नसक्दा समस्या भएको हो,’ उनले भने । मेयर र उपमेयर फरक÷फरक पार्टीबाट निर्वाचित भएकाले पनि समस्या भएको उनको बुझाइ छ ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृतमध्येका एकले उपमेयरका कारण गोनपामा काम गर्ने वातावरण नभएको बताए । ‘केही कर्मचारीले उहाँलाई उचाल्ने र उहाँले प्रमुख प्रशासकीय अधिकृत बिरुद्धका क्रियाकलाप गर्ने भएकाले समस्या भएको हो,’ उनले भने, ‘उहाँ उपप्रमुख रहँदासम्म त्यहाँ त्यो समस्या रहिरहन्छ ।’ कानुनत प्रमुख प्रशासकीय अधिकृत मेयरसँग स्वभाविक रुपमा नजिक हुुनुपर्ने बाध्यता रहेको बताउँदै उनले थपे, ‘स्थानीय सरकार संचालन ऐनले कर्मचारीको बिदा र हाजिर स्वीकृत गर्ने अधिकार मेयरलाई दिएको छ, त्यही हिसावले पनि प्रमुख प्रशासकीय अधिकृत अलि नजिक भएजस्तो देखिन्छ, तर त्यही देखेर उपमेयरले रिस गर्ने अनि अनावश्यक टचर दिने भएपछि अनि कसरी काम गर्ने ?’

यता मेयर कृष्ण राना पनि गोनपामा प्रशासकीय अधिकृतलाई काम गर्ने सहज वातावरण नभएको स्वीकार गर्छन् । उपमेयरकै कारण समस्या भएको भन्दै उनले भने, ‘हाकिमहरु नीति नियममा काम गर्न खोज्नु हुन्छ तर उपप्रमुखबाट दवाव महशुस भएपछि उहाँहरु स्वतः जान खोज्नुहुन्छ ।’ आफ्नो तर्फबाट भने कुनै दवाव सृजना नभएको उनले दावी गरे ।

यता उपप्रमुख मसलीमाया थोकरले कतिपय प्रमुख प्रशासकीय अधिकृतहरु राजनीतिक पूर्वाग्राही भएर प्रस्तुत हुदाँ समस्या भएको बताइन् । ‘उनीहरु आफ्नो काम र जिम्मेवारी पुरा नगर्ने, गुटवन्दी गरेर कर्मचारीबीच द्वन्द्व सिर्जना गर्ने अनि यता नागरिकले सेवा नपाउने भएपछि नागरिकको सेवा नरोक्नुस्, काम गर्नुस् भन्दा थर्कायो भन्ने ?’ उनले भनिन् । समन्वयकारी भूमिका निर्वाहमा उनीहरु चुक्ने गरेको समेत उनले बताइन् । मेयरको गैरजिम्मेवारपनका कारण पनि समस्या भएको उनको भनाइ छ । ‘काम नगर्नेलाई काम गर्नुस् भन्नुपर्ने ठाउँमा कर्मचारी आओस्–नआओस्, काम गरोस्–नगरोस् मेयरलाई मतलव नभएपछि नागरिकको सेवा नरोक्नुस्, काम गर्नुस् भन्दा दवाव दियो भन्न मिल्छ ?’ उनले प्रश्न गरिन् । कार्यपालिका र नगर सभाले गरेका कतिपय निर्णय कार्यान्वयनमा समेत केही प्रमुख प्रशासकीय अधिकृतहरुले आलटाल गर्ने गरेको भन्दै उनले असन्तुष्टी व्यक्त गरिन् ।

यता सरोकारवाला भने मेयर र उपमेयरको राजनीतिक धरातल फरक भएकाले समस्या भएको बताउँछन् । राजनीतिक स्वार्थसहित आफू अनुकुल चलाउन खोज्दा अधिकांश प्रमुख प्रशासकीय अधिकृत चेपुवामा पर्ने गरेको र दवाव झेल्न नसकेर सरुवा माग्ने गरेको उनीहरुको बुझाइ छ ।

नगरवासीको अभिभावकाको भूमिकामा रहनुपर्ने जनप्रतिनिधी राजनीतिक कार्यकर्ताको घेराभित्र मात्र सिमिति हुदाँ समस्या भएको उनीहरुको भनाइ छ ।

 

सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.