Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा उत्पादित चामललाई ब्राण्डिङ गरेर बजारमा ल्याइदै

गोरखामा उत्पादन हुने चामललाई ब्राण्डिङ गरि बजारमा ल्याउने तयारी गरिएको छ । गोरखा नगरपालिका–११ सिर्दीमा रहेको खाद्य प्रशोधन तथा बिउबिजन स्रोत केन्द्रले ब्राण्डिङको तयारी थालेको हो ।

Advertisement

खाद्यान्न प्रशोधनका लागि आवश्यक उपकरण खरिद गरि जडान भइसकेको प्रोपराइटर गिता ढकालले बताइन् । एलिभेटर, हस्कर मेसिन, सेपेरेटर मेसिन, पोलिसर, डिस्टोनर र राइस ग्रेडर लगायतका उपकरण जडान गरिएको उनले जानकारी दिए । ‘एलिभेटरले धान आफै लिप्ट गरेर मेसिनमा हाल्छ,’ उनले भनिन्, ‘हस्कर मेसिनले धानको भुस छुट्याउने काम गर्छ ।’ सेपरेटर मेसिनले धान र चामल छुट्याउने काम गर्ने उनले बताइन् ।

‘हस्कर मेसिनबाट धान र चामल मिसिएर आएको हुन्छ, त्यसलाई छुट्याउने काम सेपरेटर मेसिनले गर्छ,’ उनले भनिन् । उनका अनुसार पोलिसर मेसिनले चामललाई पोलिस गर्ने काम गर्छ भने डिस्टोनर मेसिनले चामलमा भएको ढुंगालाई बाहिर निकाल्ने काम गर्छ । ‘ठुला ढुंगा हस्कर मेसिनले छान्छ तर चामल जत्रो ढुंगाहरु छान्ने काम डिस्टोनर मेसिनले गर्छ,’ ढकालले भनिन् । राइस ग्रेडर मेसिनले कनिका र चामल छुट्याउने काम गर्ने उनले जानकारी दिइन् । बोरा सिलाउने र लेवलिङ गर्ने मेसिन समेत खरिद गरिएको उनले बताइन् ।

सामान्य रुपमा अहिले स्थानीय स्तरमा उत्पादित धान खरिद गरेर चामल उत्पादन गर्दै आएको केन्द्रले व्यवसायिक रुपमा ब्राण्डिङ गरिएको चामल बजार आउन भने केही समय लाग्ने बताएको छ । ढकालका अनुसार चामल ब्राण्डिङ गरेर बजारमा ल्याउन तीन महिना लाग्ने छ ।

दरौदी करिडोरमा उत्पादित धानलाई किनेर चामल उत्पादन गर्ने र त्यसलाई ब्राण्डिङ गर्ने लक्ष्य रहेको बताउँदै उनले थपिन्, ‘यहाँ असारको धान भन्दा मंसिरको धान बेच्ने चलन रहेछ । अहिले बल्ल धान थन्क्याउँदै छन् । नयाँ धान किन्ने वित्तिकै बेचिहाल्न पनि मिल्दैन । केही समय स्टोरमा राख्नुपर्ने भएकाले चामल बजारमा आउन करिव तीन महिना लाग्छ ।’ ब्राण्डिङ गरिएको चामलको नाम गोरखनाथ र श्रीकृष्ण नामाकरण गरिने तयारी गरिएको छ । गोरखनाथ ब्राण्डमा जिरा मसिना र श्रीकृष्णमा मोटा, सावित्रि लगायतका चामल पर्ने उनले जानकारी दिइन् ।

ब्राण्डिङ गरिएको चामल गोरखासँगै काठमाडौं र ‘हाइवे’ का होटलहरुमा बिक्री वितरण गरिने बताइएको छ । माग बढेर गोरखामा उत्पादित धानले नपुगे बर्दियाको राजापुरमा उत्पादित धान खरिद गरेर ल्याउने ढकालको योजना छ । यो बर्ष जिल्लाबाट करिव ४५ लाख बराबरको धान संकलन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन् । हाल परिवारका सदस्यहरु आफै काममा खटिएका छन् । ब्राण्डिङ गरिएको चामल बजारमा आउन थालेपछि केही जनशक्ति थप गर्ने केन्द्रले जनाएको छ ।

उनका अनुसार हालसम्म करिव २० लाख लगानी भइसकेको छ । कृषि ज्ञान केन्द्रबाट मेसिन खरिदका लागि पाँच लाख अनुदान प्राप्त भएको उनले बताइन् । खाद्यान्नवाली प्रशोधन कार्यक्रम अन्तरगत गत बर्ष उनीहरुलाई अनुदान उपलब्ध गराइएको कार्यालयका सूचना अधिकारी सुमन भट्टराइले बताए । ५० प्रतिशत लागत सहभागीतामा अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए ।

सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.