Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

परम्परागत सीप हस्तान्तरणका लागि द्रव्यशाह क्याम्पसका बिद्यार्थीलाई दुना टपरी बुन्ने तालिम

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका बिद्यार्थीलाई दुना टपरी बुन्ने तालिम प्रदान गरिएको छ । दुना टपरी बुन्ने परम्परागत सीपलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले तालिम संचालन गरिएको क्याम्पसले जनाएको छ ।

Advertisement

सालको पातबाट दुना, टपरी र बोगता वुन्न सिकाइएको क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । ‘मौलिक परम्परा र संकृति जर्गेनासँगै परम्परागत सीप युवापुस्तामा हस्तान्तरण गर्ने उदेश्य हो,’ उनले भने, ‘यो सीप बिद्यार्थीहरुका लागि आर्थिक उपार्जनको माध्यम पनि बन्न सक्छ ।’

पछिल्लो समय बढ्दै गएको प्लाष्टिकका थाल र कचौराको प्रयोगलाई स्थानीय स्रोत साधनबाट निरुत्साहित गर्न पनि तालिमले सहयोग पुग्ने उनको अपेक्षा छ ।

क्याम्पसको ‘सिकौ र सिकाऔँ’ भन्ने अभियान अन्तरगत तालिम प्रदान गरिएको बताइएको छ । अतिरिक्त क्रियाकलापमा छात्राहरुले कम सहभागीता जनाउने भएकाले उनीहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको क्याम्पस प्रमुख अधिकारीले बताए । तालिम पश्चात उनीहरुबीच दुना टपरी बुन्ने प्रतियोगिता गर्ने क्याम्पसले जनाएको छ ।

तालिममा दुना टपरी बनाउने सीप हासिल गरेको छात्राहरुको भनाइ छ । ‘यसअघि टपरी भन्ने मात्र सुनेको थिए, दुना र बोगता भन्ने थाहा थिएन,’ छात्रा जोविना तामाङले भनिन्, ‘आज थाहा भयो, बनाउन पनि सिकियो ।’

तालिममा मिरा पुडासैनी र क्याम्पसका शिक्षकहरुले सहजिकरण गरेका थिए ।

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.