Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोनपा–५ : विरासत गुमाउँदै कांग्रेस, माओवादीको छलाङ

गोरखा नगरपालिका ५ को वडाध्यक्ष पदका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्र बिजयी बन्यो । पछ्याउँदै गरेको कांग्रेस ८४ मत अन्तरले पछि प¥यो । यसअघि वडाध्यक्ष जितेको एमाले तेस्रो बन्न पुग्यो ।

Advertisement

विगतका दुवै स्थानीय तह निर्वाचनको नतिजामा त्यहाँ कांग्रेसको राम्रै बाहुल्यता देखाउँछ । २०७४ को स्थानीय तह निर्वाचनमा वडाको सिंगो टिममा कांग्रेस थियो । वडाध्यक्षसहित चार सदस्यमा कांग्रेसकै उम्मेदवार बिजयी बनेका थिए ।

वडाध्यक्षमा बिजयी बनेका कांग्रेसका रामकुमार थापा मगरले ४४१ मत ल्याएका थिए । ३४३ मत ल्याएर नेकपा एमालेकी नानुमाया थापा मगर दोस्रो बनेकी थिइन् । माओवादी केन्द्रकी सावित्री थापा राना १४१ मत ल्याएर चौथो स्थानमा थिइन् ।

२०७९ सालको निर्वाचनमा २५ मतको झिनो अन्तरले कांग्रेस वडाध्यक्षमा पराजित बन्न पुग्यो । ४५३ मत ल्याएर एमालेका उम्मेदवार खिलबहादुर राना बिजयी बने भने कांग्रेसकी गिता थापा मगर ४२८ मत ल्याएर दोस्रो बनिन् । २७४ मत ल्याएर माओवादी केन्द्रकी सावित्री थापा राना तेस्रो बनिन् । चार वटै वडा सदस्य भने कांग्रेसले बाजी मारेको थियो ।

कांग्रेसको आधार क्षेत्र मानिएको उक्त वडामा पछिल्लो दुई निर्वाचनको परिणाम मूल्यांकन गर्दा कांग्रेस कमजोर बन्दै गएको देखिन्छ । आइतवार भएको वडाध्यक्ष उपनिर्वाचनको मतपरिणामले समेत यसको पुष्टि गर्छ । यसअघि सम्पन्न दुवै स्थानीय तहको चुनावमा तेस्रो स्थानबाट माथि उक्लन नसकेको माओवादी छलाङ मार्दै अहिले वडामा बिजयी बन्न पुग्यो, त्यो पनि भारी मतान्तरले । कांग्रेसको आधार क्षेत्र मानिएको उक्त वडामै कांग्रेस पराजित बन्न पुग्यो ।

पछिल्लो समय गोरखामा कांग्रेस कमजोर बन्दै गएको भन्ने टिकाटिप्पणी सुनिन थालेका छन् । त्यसो त २०७४ सालको स्थानीय तह निर्वाचनमा ९ पालिका जितेको गोरखा कांग्रेस २०७९ मा दुई पालिकामा खुम्चिनु प¥यो । यो मतपरिणामलाई आधार मान्ने हो भने गोरखामा कांग्रेसको बिरासत गुमेको देखिन्छ ।

पार्टीभित्र हुने घात अन्तरघातकै कारण कांग्रेस कमजोर बन्दै गएको पार्टीका केही नेता÷कार्यकर्ताको बुझाइ छ ।

हालै सम्पन्न वडा नम्वर ५ को उपचुनावको समिक्षा गर्ने हो भने सुक्ष्म अध्ययन, अनुसन्धानभन्दा ‘ओभरकन्फिडेण्ट’को गौडोमा कांग्रेस अल्झिएको देखिन्छ । साथै माओवादी जसरी मिहिन रुपमा खट्यो, निरन्तरको खटाइमा कांग्रेस चुकेको देखिन्छ । ‘संगठनमा कांग्रेस अगाडि छ’ भन्ने अन्धविश्वासमा लिप्त भएको कांग्रेस ‘ओभर कन्फिडेन्ट’को गौँडोमा अल्झिएकाले पल्टनबाजी खाएको पनि कोहीको तर्क छ । २०७९ को निर्वाचनमा पनि नगरकै चुनावमा ‘ओभर कन्फिडेण्ट’मा चिप्लिएको कांग्रेस यसपटक पनि ओभरकन्फिडेण्टकै भुमरीमा फँसेको देखिन्छ ।
संगठन बिस्तार र सुदृढिकरणमा दृढ भएर लागि नपर्ने आरोप खोप्ने गरेको कांग्रेस चुनावको पूर्व तयारीमा समेत चुकेको पार्टीकै केही कार्यकर्ता तर्क गर्छन् । ‘उपचुनाव हुने निश्चित नै थियो, एक दुइ दिन तलमाथि मात्र हो,’ पार्टीमा आवद्ध एकले भने, ‘तर चुनावको लागि केही पूर्व तयारी देखिएन । चुनाव आउने केही दिन अघि मात्र चहलपहल देखाएर के काम !’

चुनावको हारलाई कतिपयले पार्टी नेतृत्वपंक्तिको कमजोरी र अपरिपक्कतासँग जोडेका छन् । ‘अरुसँग सरसल्लाह नगर्ने र अरुले भनेको सुझावलाई वेवास्था गर्दै एकलौटी ढंगले उनीहरु अघि बढ्दा यो नजिता खेप्नु परेको हो,’ पार्टीमै आवद्ध एक नेताले भने । सांगठनिक नेतृत्व र कमाण्ड कसले गर्ने भन्ने कुरामा समेत अन्योलता रहेकाले समस्या भएको उनको भनाइ छ ।

सुगमको दुर्गम मानिने उक्त वडामा कांग्रेसकै पालामा पनि अपेक्षा अनुसारको बिकास नपाएकाले वडावासीहरु रुष्ट भएको केहीको तर्क छ । ‘एक त नगरकै नेतृत्व कांग्रेसले गरेका बेला पनि चुनावमा उनीहरुले गरेको वाचा पुरा गर्न सकेनन्, अर्काे यो चुनावमा टोलस्तरसम्म कांग्रेस जति भिज्न सक्नुपथ्र्याे त्यसमा पनि चुक्यो,’ स्रोत भन्छ ।

उम्मेदवार चयनमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.