Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

यसरी भएको थियो बारपाककी सुचिना घलेको हत्या, हत्या आरोपमा एक पक्राउ

बारपाककी सुचिना घलेको हत्या आरोपमा बारपाककै मन सम्जेर गुरुङ पक्राउ परेका छन् । ४३ बर्षीय गुरुङलाई प्रहरीले आइतवार बारपाकबाटै पक्राउ गरेको हो । उनी बिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

Advertisement

यही मंसिर १५ घास काट्न जंगल गएकी सुचिना सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले खोजी कार्यलाई तिव्र बनाएका थिए । मंसिर १८ गते मैखर्क जंगलमा गाडिएको अवस्थामा उनको शव भेटिएको थियो । हत्या गरेको आशंकामा प्रहरीले गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ ग¥यो । केही प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको र सोधपुछको क्रममा उनले आफैले हत्या गरेको स्वीकार समेत गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठकले बताए । पत्रकार सम्मेलन मार्फत आरोपितलाई सार्वजनिक गर्दै प्रहरीले सो कुरा जानकारी गराएको हो ।

हत्यारा पत्ता लगाउन यसरी सफल भयो प्रहरी (प्रहरीको अनुसन्धानमा आधारित)

१८ बर्षीया सुचिना घले मंसिर १५ गते घास काट्न भनी गाउँदेखि उत्तर तर्फ रहेको मैखर्क जंगल तर्फ लागिन् । साँझसम्म पनि घर नफर्केपछि परिवारका सदस्यहरु खोज्न गए, तर भेटेनन् । भोलीपल्ट स्थानीयको सहयोगमा खोजी कार्यलाई तिव्र बनाए । बारपाक प्रहरी चौकीमा निवेदन दिए । स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय जौवारी र बारपाक प्रहरी चौकीको टोलीले खोजी कार्यलाई तिव्र बनायो । अन्ततः मंसिर १८ गते जंगलमा खाडल खनेर पुरेको अवस्थामा सुचिनाको शव फेला प¥यो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी कमाण्डको टोली घटनास्थल तर्फ लाग्यो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको बिज्ञ टोली पनि घटनास्थल तर्फ खटियो ।

मंसिर १८ गते साँझ घटनास्थल पुगेको टोलीले त्यो दिन घटनास्थल सुरक्षित राख्ने काम मात्र ग¥यो । ‘एक त माइती पक्षले हामी पनि आउँदै छौ, हामी नआएसम्म शव ननिकाल्नु भन्नुभएको थियो,’ एसपी बासुदेव पाठकले भने, ‘अर्काे राती भइसकेकाले पनि हामीले मुचुल्का लगायतका अरु काम गरेनौ ।’ घटनास्थल सुरक्षित राखेर भोलीपल्ट स्थानीय जनप्रतिनिधी, माइती पक्ष लगायतको उपस्थितीमा शव उत्खनन् गरिएको उनले जानकारी दिए ।

शव उत्खनन गरी हेर्दा मृतक सुचिनाको टाउकोमा धारिलो हतियारले काटेको जस्तो चोटहरु देखियो । दाँया हातको माझि र साइली औला काटिएको अवस्थामा थियो । शव गाडिएको ठाउँ नजिकै सुचिनाको चप्पल, उनले घाँस काट्न ल्याएको हँसिया र डोको फेला प¥यो । कम्मर नजिकको भागमा उनको पछ्यौरी र ज्याकेट खोलिएको अवस्थामा थियो । डोको बोक्नका मृतकले लगेको नाम्लो उनको कम्मरको भागमा खुकुलो गरि बेरिएको (बोक्न मिल्ने गरी) थियो ।

अनुसन्धानको क्रममा शव गाडिएको स्थानदेखि करिव ३० मिटर पर अर्को डोको भेटियो । डोको भित्र घाँस र रातो उनिको टोपी थियो ।

शव फेला परेको स्थानदेखि करिव एक सय मिटर तल रहेको निगालाको बोटमा केही रगत देखियो । नजिकै कम्व्याट क्याप, मृतकको लेवेन्टि र मृतकको कपालको गुजुल्टो फेला प¥यो । शव पोष्टमार्टमका लागि प्रहरीले काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालको फरेन्सीक मेडिसिन बिभाग पठायो र आवश्यक अनुसन्धान कार्य जारी राख्यो ।

जिल्लाबाट डिएसपी सुवेदीको कमाण्डमा खटिएको टोली बारपाक प्रहरी चौकीमा बेस बनाई सक्ष्म अनुसन्धानमा लाग्यो । प्रदेश प्रहरीबाट सूचना संकलन तथा बिश्लेषण शाखाबाट दुई जना प्राविधिक अनुसन्धानकर्ता समेत घटनास्थलमा परिचालित भए ।

उक्त जंगलमा घाँस काट्न जाने मानिसहरु, उक्त जंगल वरपरका भेडीगोठालाहरुसँग आवश्यक सोधपुछ हुन थाल्यो । डोको नाम्लो बुन्ने मानिसहरु लगायत ५० जनाभन्दा बढीसँग सोधपुछ भयो । निगरानीमा राख्दै केहीलाई तारेखमा छाडियो । भाषाको सहजताका लागि बारपाकमा बोलिने गुरुङ भाषा जान्ने प्रहरीभित्रकै दोभासे समेत प्रहरीले प्रयोग ग¥यो ।

मंसिर २२ गते प्रहरीले मन सम्जेर (हत्या आरोपमा हाल पक्राउ परेका) लाई समेत सोधपुछ गरेको थियो । तर आफू त्यो दिन घाँस काट्न नगएको भन्दै उनले ढाँटे । तर उनको हातमा चोटपटक देखिएकाले प्रहरीले उनलाई निगरानीमा राखेर तारेखमा छाड्यो ।

मंसिर २४ गते पुनः सोधपुछको क्रममा उनले आफूले हत्या गरेको स्वीकार गरे । प्रहरीमा दिएको वयान अनुसार उनी पनि त्यो दिन (मंसिर १५ गते) घाँस काट्न सोही जंगलतर्फ गएका थिए । बिच बाटोमा उनले सुचिनालाई देख्छन् । एक्लो युवतीलाई एकान्त जंगलमा देखेपछि उनको मनमा पाप पलाउछ र बलात्कार गर्न खोज्छन् । सुचिनाले सक्दो प्रतिकार गर्छिन् । दुई पक्षबिच हातपात समेत हुन्छ ।

सोही क्रममा सुचिना चिच्याउछिन् । तीन चार पटकसम्म चिच्याएपछि अरुले थाहा पाउने डरले मन सम्जेरले सुचिनालाई भुईमा लडाएर उनको मुखमा घास, गोवर र माटो कोचेर मारिदिन्छन् । घटनास्थलदेखि करिव ५० मिटर माथि खाडल खनेर सुचिनाको शव गाडिदिन्छन् । सुचिनाको शव बोक्न मृतककै ज्याकेट र नाम्लोको सहारा लिएका हुन्छन् । सुचिनाको हत्या गरेपश्चात आफूले लगेको डोको नाम्लो र टोपी छाडेर मन सम्जेर घर फर्कन्छन् । आफूले घटना घटाएको भनि उनले लेखेको नोट प्रहरीले उनको घरबाट फेला पारेको छ ।

‘साधेपुछकै क्रममा उक्त घटना आफूले नै घटाएको भनि नोट लेखेर घरको दराजमा राखेको भन्ने बतायो,’ एसपी पाठकले भने, ‘निजको घर खानतलासी गर्दा उनको कोठाको दराजमा ‘मेरो वयान’ शिर्षक राखी म बाट कुनै निर्दोष नारीको ज्यान गयो भन्ने समेत व्यहोरा लेखिएको र अन्तिममा मन सम्जेर नाम लेखि हस्ताक्षर तथा औला छाप समेत लगाई राखेको नोट भेटियो ।’ उनका अनुसार घटना पश्चात मन सम्जेरले दुई पटक आत्महत्याको प्रयास समेत गरेको खुल्न आएको छ ।

प्रहरीका अनुसार छिमेकी भएपनि उनीहरु (मन सम्जेर र सचिना) एक अर्काबीच चिरपरिचित समेत थिएनन् । धार्चे गाउँपालिका–६ काशिगाउँकी सुचिना घलेको बारपाकका धनबहादुर गुरुङसँग गत बैशाखमा मात्र विवाह भएको थियो । त्यसपश्चात काठमाण्डौ बस्दै आएका उनीहरु तीन महिना अघिमात्रै गाउँ आएका थिए ।

हत्यारा पत्ता नलागेसम्म शव बुझ्न परिवारले इन्कार गरेकाले हाल सुचिनाको शव शिक्षण अस्पतालमै छ ।

बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.