Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको सिरानचोकमा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने

"करिव आठ करोड लाग्ने अनुमान "

सिरानचोक गाउँपालिका–५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले इकाइ स्थापना गर्न लागेको हो । यो गण्डकी प्रदेशकै पहिलो इकाइ हुने बताइएको छ ।

Advertisement

डिपिआर तयार भएर जग्गा भोगाधिकार समेत प्राप्त भइसकेको कम्पनीकी महाप्रवन्धक संगिता यादवले बताइन् । ‘सो वडामा रहेको छाङखोला सामुदायिक वनको ०.८३ हेक्टर क्षेत्रफलमा इकाइ स्थापना गर्न लागेका हौ,’ उनले भनिन्, ‘जग्गा उपभोग गर्ने अधिकार नेपाल सरकारबाट प्राप्त भइसकेको छ ।’

गत असार १७ गते बसेको मन्त्रीपरिषदको बैठकले इकाइ स्थापना तथा संचालनका लागि सो क्षेत्रमा रहेको राष्ट्रिय वनको जग्गा भोगाधिकार दिने निर्णय गरिसकेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । सो जग्गामा रहेको बिभिन्न प्रजातिका २०६ वटा रुख÷पोल हटाउन समेत स्वीकृती दिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । इकाइ स्थापना तथा संचालनका लागि वन तथा भू–संरक्षण बिभाग र कम्पनीबीच मंसिर १३ गते सम्झौता भएको उनले जानकारी दिए ।

इकाइको सम्भाव्यता अध्ययन गरेर ‘बिजनेस प्लान’ तयार भइरहेको कम्पनीकी महाप्रवन्धक यादवले बताइन् । उनका अनुसार डिपिआर तयार भइसकेको छ । इकाइ स्थापना तथा संचालनका लागि करिव आठ करोड खर्च लाग्ने उनको अनुमान छ । ‘यति नै खर्च लाग्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन तर भौतिक संरचना, मेसिनरी उपकरण सबै गरेर करिव आठ करोड खर्च लाग्छ होला । हामी बजेट प्लान पनि बनाउँदै छौं,’ उनले भनिन् ।

उक्त इकाइमा जडिवुटी संकलन, उत्पादन तथा प्रशोधनको काम हुने बताइएको छ । डिस्टिलेसन, एक्सट्रयाक्सन र डाइङ टेक्नोलोजी गरी तीन किसिमका यूनिट रहने र जडिवुटी उत्पादनदेखि प्रशोधनसम्मको काम हुने यादवले जानकारी दिइन् ।

आवश्यक जडिवुटी जंगलबाट संकलन गरिने र उत्पादनका लागि किसानहरुलाई पनि प्रोत्साहन गरिने उनले बताइन् । सबै उत्पादन इकाइले खरिद गर्ने गरी औषधीजन्य गुण भएका जडिवुटी खेतीका लागि किसानलाई बिउ वितरण गर्ने कम्पनीको योजना छ । बाँदरले दुख नदिने अदुवा, वेसार लगायतका खेतीका लागि प्रोत्साहन गरिने यादवले बताइन् ।

छिट्टै वन कार्यालयमा बिजनेस प्लान पेश गरेर संरचना निर्माणको काम अघि बढाउने तयारी कम्पनीको छ । इकाइ स्थापना भएसँगै धेरैका लागि रोजगारको अवसर पनि हुने बताइएको छ ।

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.