Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा भ्रमण बर्षको कार्यतालिका सार्वजनिक

गोरखा नगरपालिकाले घोषणा गरेको ‘गोरखा भ्रमण बर्ष २०२५’ को कार्यतालिका सार्वजनिक गरिएको छ । आइतवार पत्रकार सम्मेलन गरेर नगरपालिकाले कार्यतालिका सार्वजनिक गरेको हो ।

Advertisement

भ्रमण बर्षलाई सफल बनाउन बिभिन्न योजनाहरु ल्याइएको नगर प्रमुख कृष्ण रानाले बताए । धार्मिक, शैक्षिक र खेल क्षेत्रलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘केही कार्यक्रमहरु हामीले थालनी गरिसकेका छौ,’ उनले भने, ‘केही तयारीमा छन् ।’

नगरभित्रका धार्मिक एवं पर्यटकीय स्थलहरुको पहिचान गर्ने काम भइसकेको उनले जानकारी दिए । ‘५६ वटा धार्मिक एवं पर्यटकीय स्थलको पहिचान गरेका छौँ,’ उनले भने, ‘त्यसको बुकलेट पनि तयार भइसक्यो, अव गोरखा आउने सबै पर्यटकलाई त्यो उपलब्ध गराउँछौ र ती क्षेत्र घुम्न प्रोत्साहन गर्छाै ।’ ती क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व उल्लेख गरेर साइनबोर्ड राख्ने काम पनि अघि बढेको उनले बताए ।

उनका अनुसार आँवुखैरेनीदेखि गोरखा बजारसम्मको सडकखण्डमा क्यूआर कोड सहितको ‘स्ट्रिट नम्वर’ राख्ने तयारी भइरहेको छ । पर्यटकीय स्थल जाने शाखा बाटोहरुमा ‘स्ट्रिट नम्वर’ राख्न लागिएको हो । त्यहाँ राखिने क्यू आर कोड स्क्यान गर्दा त्यहाँबाट पुगिने पर्यटकीय स्थल र त्यसको महत्वको बारेमा विवरण प्राप्त गर्न सकिने बताइएको छ । माघ महिनाभित्र यो काम सम्पन्न गर्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले सूचना केन्द्र स्थापनाको तयारी पनि थालेको छ ।

बसपार्क नजिकै रहेको बहुउदेश्यीय भवनमा केन्द्र स्थापना गर्न लागिएको मेयर रानाले बताए । ‘गोरखा आउने पर्यटकले सूचना केन्द्रमा गएर जिल्लाको पर्यटकीय स्थलबारे जानकारी लिन सक्छन्,’ उनले भने, ‘स्थानीय पथ प्रदर्शकको समन्वयमा उनीहरुलाई गोरखा घुमाउने व्यवस्था पनि गर्छाै ।’ केन्द्रमा एक जना कर्मचारी राखेर पुस मसान्तभित्रै केन्द्र स्थापना भइसक्ने उनले जानकारी दिए ।पर्यटन बोर्डको समन्वयमा सात वटै प्रदेशमा ‘जाउ है गोरखा’ कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ । सबै प्रदेशका पर्यटन व्यवसायी, होटल व्यवसायी लगायतका सरोकारवालासँग छलफल गरी गोरखाको बिशेषताबारे जानकारी गराइने बताइएको छ ।

हाइकिङ र ट्रेकिङ गर्न चाहने पर्यटकलाई आवश्यक सहयोग र समन्वय गरिने भनिएको छ । हाइकिङ र ट्रेकिङका लागि नगरपालिकाले तीन वटा रुट समेत तय गरिसकेको छ ।

बिभिन्न जिल्लाका पर्यटकीय शहरसँग सहकार्यका लागि पर्यटकीय संजाल बनाइने भएको छ । आदित्यनाथ योगीको उपस्थितीमा बिश्वका नाथ योगीहरुको सम्मेलनको तयारी समेत नगरपालिकाले गरेको छ । यसका लागि पर्यटन बोर्डसँग आवश्यक समन्वय भइरहेको बताइएको छ ।
भ्रमण बर्षका लागि नगरपालिकाले स्टिकर र ब्याच निर्माण समेत गरेको छ । पर्यटकका लागि बिशेष सहुलियतको व्यवस्था हुने बताइएको छ । भ्रमण बर्षको लागि ‘गोरखा जहाँ इतिहास जिवित छ’ भन्ने नारा तय गरिएको छ ।

भ्रमण बर्षमा पर्यटन मेलाको आयोजना समेत गरिने नगर प्रमुख रानाले बताए । यो अवधिभर जिल्लामा संचालन हुने बिभिन्न कार्यक्रमहरुमा समेत नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ । प्रदेश र राष्ट्रिय स्तरका कार्यक्रम नगरभित्र संचालन गरेमा आर्थिक सहयोग समेत गरिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख मसलीमाया थोकरले भ्रमण बर्ष गोरखा नगरपालिकाको मात्र नभई समग्र जिल्लावासीको भएकाले सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन आग्रह गरिन् ।

मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.