गोरखा उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा बिकास मरहट्टा र कानूनी सल्लाहकारमा स्थानेश्वर दुवाडी चयन भएका छन् ।
संघको यही माघ १५ गते बसेको तेस्रो बैठकले मरहट्टालाई प्रेस सल्लाहकार र दुवाडीलाई कानूनी सल्लाहकार चयन गर्ने निर्णय गरेको हो ।
संघको यही पुष ५ गते सम्पन्न १७ औं अधिवेशनले भगवानबाबु मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।
सोही अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































