Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

दुर्घटनाले मोडिएको गोरखाका सुमनको बाटो

"दुवई प्रहरीको सपना त्यागेर बने व्यवसायिक मौरी पालक "

मंगलवार एक सय वटा मौरी घारको अर्डर थियो । अघिल्लो दिनमात्रै उनले ३७ घार बेचेका थिए । थप ८० घारको अर्डर आइसकेको छ । माग बढ्न थालेपछि शहिद लखन गाउँपालिका–८ बराहफाँटका सुमन खड्काको व्यस्तता अहिले बढेको छ । मौरीको घारमात्रै होइन महको माग पनि उत्तिकै आउने गरेको उनी बताउँछन् । भन्छन्, ‘स्वदेशबाट मात्र होइन बिदेशबाट पनि माग आउन थालिसक्यो ।’

Advertisement

२०७७ सालमा उनको घरमा परम्परागत एउटा मुढे घार थियो । गौं काट्न गएका बेला जंगलबाट छुट्टिएर आएको मौरी ल्याएर उनले त्यस घारमा राखे । अनि सुरु गरे मौरी पालन । त्यसयता उनले घार थप्दै गए । ६ वटा मुढे घारमा मौरी बिस्तार गरे । अनि व्यवसायिक मौरी पालनतर्फ आकर्षित बने ।

व्यवसायिक हुटहुटीले उनलाई घार थप्न बाध्य बनायो । २०७८ सालमा तनहूँबाट सात वटा आधुनिक मौरी घार किनेर ल्याए । ‘त्यही बर्ष ज्यादुलखोला कृषि सहकारी संस्थाले अनुदानमा आधुनिक मौरी घार वितरण गरेको थियो’, खड्काले भने, ‘त्यहाँबाट पनि चार वटा घार किनेर ल्याए ।’ क्रमश घार थप्दै मौरी पालनलाई उनले विस्तार गर्दै लगे ।

सुरुमा मौरी पाउन त्यति सहज थिएन । मौरी संकलनमा सुगा खोज्न जानेहरुले उनलाई राम्रै सहयोग गरे । ‘सुगा खोज्न भन्दै केटाहरु जंगल डुल्थे, त्यही बेला कतै मौरी देखे भने खवर गर्थे’, उनले भने ।

अहिले उनले १ सय ४० वटा घारमा सेरेना जातको मौरी पालन गरेका छन् । रानी ग्राफ्टिङ, घार र मौरी सामग्री (टोपी, स्मोकर) निर्माणको काम आफै गर्छन् । मौरी पालनसम्बन्धी विभिन्न तालिम लिएका उनी प्रशिक्षकको रुपमा पनि दक्ष भइसकेका छन् ।

अहिले उनी घार मात्र होइन मौरी पालनका लागि आवश्यक सामग्री पनि बेच्ने गर्छन् । महको माग पनि उत्तिकै आउने गरेको उनी बताउँछन् । ‘सुरुमा आफ्नै परिवारलाई खान पुग्ने मह पनि उत्पादन हुदैन थियो’, उनी भन्छन्, ‘अहिले बिदेशसम्म मह पु¥याउछु ।’ मौरी पाल्न चाहनेलाई आवश्यक परामर्श र तालिम पनि दिने गरेको उनी बताउँछन् ।

व्यवसायिक रुपमा मौरी पालक बन्छु भन्ने उनले सायदै सोचेका थिए । दुवई पुलिसमा जाने तयारी गरिरहेका बेला २०७५ सालमा उनी चितवनमा मोटरसाइकल दुर्घटनामा परे । लामो समय अस्पतालको बसाई पश्चात गाउँ फर्किए र भैसी पालनमा जुटे ।

‘दुर्घटना भएपछि शरिर कमजोर भयो, बिदेश जान सक्ने अवस्था भएन, अनि गाउँमा आएर गोठ बनाए अनि भैसी पाल्न थाले’, खड्काले भने । १८ वटासम्म माउ भैसी पालेका उनी केही बर्षपछि मौरी पालनतर्फ आकर्षित भए । भैसी पालनमा दुःख धेरै हुने बताउँदै उनले भने, ‘एक त घाँसको समस्या, फेरी दुध बेच्न पनि गाह्रो । दुःख बढी भएपछि भैसी संख्या घटाएर मौरी पालन तर्फ लागे ।’ अहिले पनि गोठमा ६ वटा भैसी छ तर, मौरी पालनमा उनी बढी समय खर्चिन्छन् ।

मौरी चरनका लागि उनले बारीमा तोरी लगाएका छन् । आरु, आरुवखडा, नास्पातीका बोट पनि छन् । सिजनमा मकै वाली पनि लगाउँछन् । रुदिलोको बिउ जमाएर रोप्ने तयारीमा उनी छन् ।

असार, साउन, पुस र माघ महिना वाहेक अन्य महिनालाई उनी मुख्य सिजन मान्छन् । भन्छन्, ‘असार साउनमा बर्षाका कारण समस्या हुन्छ, पुस माघमा फुलहरु खासै फुल्दैनन् त्यसैले मौरीलाई आहारका लागि चरनको समस्या हुन्छ ।’ अन्य महिना भने समस्या नहुने उनी बताउँछन् ।
उनका अनुसार एक सिजनमा करिव तीन÷चार सय केजी मह उत्पादन हुन्छ । प्रति केजी १५ सय रुपैयामा उनले मह बिक्री गर्छन् । स्थानीय स्तरमै बढी माग हुने गरेको उनले जानकारी दिए ।

मौरीसहितको घार (पाँच फ्रेमको) उनले दश हजारमा बिक्री गर्ने गरेका छन् । माग र आवश्यकता अनुसार उनले मौरी र घार छुट्टाछुट्टै पनि बिक्री गर्छन् । ‘मौरी चाहिनेलाई मौरी मात्र पनि बेच्छु, घार चाहिनेलाई घार मात्र पनि’, उनी भन्छन्, ‘मौरी पालनका लागि चाहिने सामाग्रीहरु पनि आफै बनाएर बेच्छु, आवश्यक परेकालाई सल्लाह र तालिम पनि दिन्छु ।’

व्यवसायिक रुपमा मौरी पालन गरेपछि उनको आम्दानी पनि बढेको छ । महिनामा सरदर एक लाख नाफा हुने उनी बताउँछन् ।

मौरी पालन गर्दा केही समस्याहरु झेल्नुपर्ने उनको अनुभव छ । मौरी छुट्टिएर भाग्ने, रानी गायव हुने जस्ता समस्या आउने उनले बताए । ‘चरा, अरिंगाल र मलसाप्राले मौरी खाइदिन्छ, फेरी मौरीमा रोगहरु पनि देखा पर्छन्, त्यसैले अलि बढी हेरविचार गर्नुपर्ने हुन्छ,’ उनले भने ।
कैजेल मौरी पालन फर्म दर्ता गरेर व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका उनलाई उनका बुवा कृष्णबहादुरले साथ दिदैं आएका छन् । पालिकाले सहयोग गरेमा स्रोत केन्द्र स्थापना गर्ने उनको योजना छ ।

हाल अधिकांश उत्पादन पालिकाले लिने गरेको भन्दै उनले थपे, ‘उत्पादन प्राय पालिकाले किनिदिएर सहयोग गरेको छ, अव थप सहयोग ग¥यो भने स्रोत केन्द्र स्थापना गर्ने लक्ष्य छ ।’ जिल्लाका अन्य पालिका र कार्यालयबाट पनि माग बढ्न थालेको उनले जानकारी गराए । हाल भएको घार बिभाजन गरेर मौरी र घारको संख्या बढाउन सकिने र बजारको माग परिपूर्ति गर्न सकिने उनी बताउँछन् ।

मौरी पालन स्थलसम्म सडक सञ्जाल नजोडिएका कारण सामान ओसार पसारमा समस्या हुने गरेको उनले गुनासो गरे । मौरी पालनमा हालसम्म २० लाखभन्दा बढी लगानी भइसकेको उनले जानकारी गराए ।

बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.