स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याकंनमा जिल्लाका स्थानीय तहहरुमध्ये भीमसेन थापा गाउँपालिका पहिलो भएको छ । कुल ८८ प्रतिशत अंक ल्याउँदै उक्त पालिका पहिलो बन्न सफल भएको हो ।
जिल्ला समन्वय समितिले हरेक बर्ष पाँच वटा विषयक्षेत्र (योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्याकंन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन) र सय वटा सूचकको आधारमा पालिकाहरुको मूल्याकंन गर्ने गर्छ । सोही आधारमा गत बर्ष जिससले गरेको मुल्याकंन अनुसार भीमसेन थापाले सबैभन्दा बढी अंक ल्याउन सफल भएको हो । उक्त पालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९७.६२ प्रतिशत, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ८१.२५ प्रतिशत र राजस्व व्यवस्थापनमा ८८.२४ प्रतिशत अंक प्राप्त गरेको छ ।
८६.५ प्रतिशत अंक ल्याएर गण्डकी गाउँपालिका दोस्रो बनेको छ । उक्त पालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९०.४८, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ८१.२५ र राजस्व व्यवस्थापनमा ७९.४१ प्रतिशत अंक प्राप्त गरेको सार्वजनिक नतिजामा उल्लेख छ ।
पालुङटार नगरपालिका ८५.५ प्रतिशत अंक प्राप्त गरेर तेस्रो बन्न सफल भएको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ८०.९५, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ८१.२५ र राजस्व व्यवस्थापनमा ८५.२९ प्रतिशत अंक उक्त पालिकाले प्राप्त गरेको छ ।
यता बारपाक सुलिकोट गाउँपालिको कुल ८४.५ प्रतिशत अंक ल्याएको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ८५.७१, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ७१.८८ र राजस्व व्यवस्थापनमा ८८.२४ प्रतिशत अंक ल्याएको बताइएको छ ।
अजिरकोट गाउँपालिकाले ८४ प्रतिशत अंक प्राप्त गरेको छ । उक्त पालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२.८६ प्रतिशत, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ८८.२४ प्रतिशत, राजस्व व्यवस्थापनमा ८८.२४ प्रतिशत अंक ल्याएको नतिजामा उल्लेख छ ।
यता धार्चे गाउँपालिकाले कुल ८३ प्रतिशत अंक प्राप्त गरेको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९०.४८, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ८७.५ र राजस्व व्यवस्थापनमा ६७.६५ प्रतिशत अंक प्राप्त गरेको बताइएको छ ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९७.६२, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ७५ र राजस्व व्यवस्थापनमा ७०.५९ प्रतिशत अंक ल्याएका शहिद लखन गाउँपालिकाले कुल ८१ प्रतिशत अंक प्राप्त गरेको छ ।
यता आरुघाट गाउँपालिका र चुमनुव्री गाउँपालिकाले बराबरी अर्थात ८०.५ प्रतिशतका दरले अंक प्राप्त गरेका छन् । आरुघाटले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ८८.१ प्रतिशत, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ७१.८८ प्रतिशत र राजस्व व्यवस्थापनमा ८५.२९ प्रतिशत अंक प्राप्त गरेको छ भने चुमनुव्रीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९१.३८, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ५६.२ र राजस्व व्यवस्थापनमा ६७.६५ प्रतिशत अंक पाएको छ ।
कुल ६९ प्रतिशत अंक प्राप्त गरेको सिरानचोक गाउँपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६६.६७, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ६५.६३ र राजस्व व्यवस्थापनमा ७६.४७ प्रतिशत अंक ल्याएको छ ।
सबैभन्दा कम अंक गोरखा नगरपालिकाले ल्याएको छ । उक्त पालिकाले ६७.५ प्रतिशत मात्र अंक प्राप्त गरेको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६९.०५, अनुगमन, मुल्याकंन तथा लेखापरीक्षणमा ४३.७५ र राजस्व व्यवस्थापनमा ७३.५३ प्रतिशत अंक प्राप्त गरेको बताइएको छ । लिजाको मुल्याकंनमा पनि गोनपाले सबैभन्दा कम अंक ल्याएको थियो ।
‘यो पनि लिजाको मुल्याकंन जस्तै हो, यसमा प्राप्त अंकले पालिकाले पाउने अनुदानमा प्रभाव पार्छ,’ जिससका सूचना अधिकारी बिनोद ऐडीले भने । उनका अनुसार ४० भन्दा कम अंक ल्याउने पालिका उच्च जोखिम, ४० देखि ८० प्रतिशत अंक ल्याउने मध्य जोखिम र ८० भन्दा माथि ल्याउने न्यून जोखिममा पर्छन् ।



































