Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

लयमा फर्कदै रामशाहघाटको हाटबजार

"हप्ताको दुई दिन संचालन गर्ने तयारी "

शहिद लखन गाउँपालिका–३ नयाँपुल स्थित रामशाहघाटमा संचालित हाट बजार पुरानै लयमा फर्कदै छ । कोभिडयता प्राय बन्द हुने गरेको हाटबजार माघ महिनायता नियमित संचालन हुन थालेको छ ।

Advertisement

प्रत्येक साताको शनिवार हाट बजार संचालन हुदैं आएको संचालक नयाँ पुल कृषि उपज उपभोक्ता सहकारी संस्थाले जनाएको छ । ‘कोभिडपछि हाट बजार नियमित संचालन गर्न नकसेर बन्द जस्तै भयो,’ संस्थाका अध्यक्ष चित्रबहादुर बयलकोटीले भने, ‘माघ महिनापछि अहिले प्रत्येक शनिवार नियमित हाट बजार लाग्ने गरेको छ ।’ मुख्य गरी वडा नम्वर १–३ का किसानहरुले उत्पादन गरेको तरकारी हाट बजारमा बिक्रीका लागि ल्याइन्छ ।

पालिकाको आर्थिक र प्राविधिक सहयोगमा मनकामना कृषि सहकारीमार्फत २०७५ असोज २७ गतेबाट हाट बजार शुरु भएको हो । त्यस पश्चात पालिका स्तरीय बनाउने भन्दै नयाँ पुल कृषि उपज उपभोक्ता सहकारी संस्था खोलेर त्यसमार्फत हाट बजार संचालन गरियो । पालिकामा उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले प्रत्येक शनिवार हाट बजार संचालनमा आउन थालेको हो ।

हाट बजारको निरन्तरताका लागि पालिकाले किसानहरुलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराउँदै आएको छ । उत्पादित तरकारीमा प्रति केजी तीन रुपैया अनुदान रकम उपलब्ध गराउँदै आएको पालिका कृषि शाखा प्रमुख नविन अधिकारीले बताए । ‘किसानले उत्पादन गरेको तरकारी हाट बजारमा बेचेपछि प्रति केजी तीन रुपैयाका दरले अनुदान उपलब्ध गराउँछौ,’ उनले भने, ‘हाट बजार संचालन गर्ने कृषि सहकारी संस्थाले त्यसको रेकर्ड राख्नुहुन्छ र उहाँहरु मार्फत हामी किसानलाई अनुदान दिन्छौ ।’ उनीहरुलाई बार्षिक एकमुष्ट रुपमा अनुदान रकम उपलब्ध गराइने बताइएको छ ।

सहकारी संस्थाका अध्यक्ष बयलकोटीका अनुसार गत बर्ष गोलभेडा, काउली, अकवरे खुर्सानी र च्याउमा अनुदान रकम दिइएको थियो । यो बर्ष अनुदान कार्यक्रमले निरन्तरता पाएपनि कुन तरकारीमा अनुदान दिने पालिकाले एकीन गरिसकेको छैन । केही दिनमा सूचना प्रकाशन गर्ने तयारी भइरहेको पालिका कृषि शाखा प्रमुख अधिकारीले बताए ।

साउन महिनादेखि सहकारी संस्थाले रेकर्ड राख्दै आएको छ । पालिकाको सूचना आएपछि सोही रेकर्डको आधारमा अनुदान रकम वितरण गरिने संस्थाले जनाएको छ । उत्पादन क्षेत्रबाट हाट बजारसम्म तरकारी ल्याउनका लागि किसानलाई पालिकाले ढुवानी खर्च पनि उपलब्ध गराउँदै आएको छ । हाट बजार संचालन हुने क्षेत्रमा ट्रष्ट, दश टन क्षमताको कोल्ड रुम, बिक्री कक्ष, संकलन कक्ष र शौचालय पनि निर्माण भएका छन् ।

तनहूँको आँवुखैरनीमा हाट बजार संचालन हुन थालेपछि यताको हाटबजारको व्यापारमा केही कमी आएको संस्थाका अध्यक्ष बयलकोटी बताउँछन् । ‘हाम्रो मुख्य ग्राहक भनेको तनहूँको आँवुखैरेनीका हुन् तर आँवुखैरेनीमै हाट बजार शुरु भएपछि यताको व्यापारमा केही प्रभाव भने परेको छ,’ उनी भन्छन् । उनका अनुसार आँबुखैरेनीमा शुक्रवार हाट बजार संचालन हुने गरेको छ ।

अव हप्ताको दुई दिन हाट बजार संचालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘हाम्रो संस्थाबाट वुधवार र शनिवार दुई दिन हाट बजार संचालन गर्ने भन्ने निर्णय भइसकेको छ, अव पालिकासँग समन्वय गरेर अघि बढ्छौ,’ उनले भने ।

सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.