Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

राजतन्त्र हटेपछि पहिलो पटक कुलदेवता सम्झदै पूर्वराजा शाह गोरखामा

"पूजाआजामा बिताए २ घण्टा "

शाहवंशीय राजाहरुको कुलदेवता मानिने गोरखकाली र गोरखनाथ मन्दिर दर्शनका लागि शनिवार पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा आइपुगे । राजतन्त्र हटेपछि पहिलो पटक गोरखा आएका उनले गोरखकाली र गोरखनाथ मन्दिरको पुजाआजामा झण्डै दुई घण्टा बिताए ।

Advertisement

पञ्चेबाजासहित तनहूँको आँबुखैरेनीबाट मोटरसाइकल ¥याली गरेर उनलाई गोरखा दरवार पु¥याइएको थियो । सवारीमा शिव सेना, राष्ट्रिय सरोकार मञ्च नेपाल लगायतका स्वयंसेवक समूहहरुको पनि सहभागिता थियो । विहान १० बजे गोरखा दरवार पुगेका उनी १२ बजेसम्म पुजाआजामा व्यस्त रहे ।

त्यहाँ उनले गोरखकाली र गोरखनाथ मन्दिरको पुजा अर्चना गरे । भूकम्पपछि पुननिर्माण भएको गोरखा दरवार अवलोकन गरे । उनले बज्रभैरवको टिका र प्रसाद ग्रहण समेत गरेका थिए । शनिबार चैत्र कृष्णअष्टमीे गोरखकाली पूजा समेत रहेकाले सोही अवसर पारेर पूर्व राजा शाहले भ्रमणको कार्यक्रम तय गरेका हुन् ।

उनको स्वागत गर्न राजसंस्था तथा राजतन्त्रप्रति आस्था राख्ने व्यक्ति, संस्था तथा पार्टीका कार्यकर्ताहरु सम्मिलित १५१ सदस्यीय नागरिक समाज गठन भएको थियो । ज्ञानेन्द्रको भ्रमणको क्रममा उनीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ’, ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राष्ट्र घोषणा गर’ लगायतका नारा समेत लगाएका थिए ।

गोरखकाली र गोरखनाथको पुजाआजा सकेपछि करिव एक बजे उनी ठुलोआँगन स्थित गोरखा संग्रहालय परिसरमा स्थानीयको स्वागत ग्रहणसँगै भेटघाटमा व्यस्त भए । भेटघाटमा बोल्दै उनले कसैको कुभलो चिताउन नहुने बताए । ‘कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् भन्ने मेरो कामना छ,’ उनले भने, ‘कोही पनि केही गर्न डराउनु पर्दैन । देशमा शान्ति कायम होस् । देशमा विकास होओस् । सबैलाई सुख र संवृद्धि होस् भन्ने कामना गर्दछु ।’

आफ्नो जन्मथलो नभएपनि पुख्र्याैली थलो भएकाले गोरखा आउँदा आफूलाई निकै खुशी लाग्ने उनले प्रतिक्रिया दिए । लामो समयपछि आफू गोरखा आएको पनि उनले जानकारी गराए । २०६२ सालमा उनी नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुन गोरखा आएका थिए । राजतन्त्रपछि उनी पहिलो पटक गोरखा आएको नागरिक स्वागत समाजका होम सिं बस्न्यातले बताए । ‘गोरखकाली मन्दिर शाह वंशका कुलदेवता हो, पहिले कतिपय बेला आफै आउने र आउन नभ्याएको बेला दक्षिणा पठाउने गर्नुहुन्थ्यो,’ बस्न्यातले भने, ‘राजतन्त्र गएपछि पूजा गर्न पनि आउनुभएको छैन, दक्षिणा पनि पठाउनु भएको छैन ।’

भेटघाटको क्रममा नागरिक स्वागत समाजले प्रत्येक बर्ष पुख्र्यौली थलो गोरखा आउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापन पत्र मार्फत जनशक्ति तथा खर्च कटौतीका कारण गोरखकाली र गोरखनाथ पुजाआजामा परेको कठिनाईलाई सहज बनाइदिन माग गरिएको छ ।

बा २१ च ७३१८ नंबरको गाडी चढेर गोरखा आएका शाह दिउँसो करिव दुई बजे चितवनको कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा फर्केका छन् । शुक्रवार साँझ पनि उनी त्यही बसेका थिए । भोली आइतवार बिहान मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले बताए । ‘भोली नितान्त पुजाआजा मात्र हो, कुनै भेटघाट कार्यक्रम छैन, पुजा सकेर सिधै काठमाडौ फर्कन्छौ,’ उनले भने ।

आइतबार, चैत १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.