Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ल्याण्डफिल्ड साइड निर्माणमा स्थानीयको अवरोध

"मनकामनाको फोहोर व्यवस्थापनमा थपियो चुनौती  "

धार्मिक स्थल मनकामना मन्दिर र बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि निर्माण हुन लागेको ल्याण्डफिल्ड साइडको काममा स्थानीयले अवरोध गरेका छन् । शहिद लखन गाउँपालिका–३ सिमलगैरीमा निर्माण हुन लागेको ल्याण्डफिल्ड साइडको काम स्थानीयको अवरोधका कारण अघि बढ्न सकेको छैन ।

Advertisement

संघिय बिशेष अनुदानबाट प्राप्त तीन करोड रकमबाट पालिकाले सो क्षेत्रमा ल्याण्डफिल्ड साइड निर्माण गर्न लागेको हो । ठेक्का सम्झौता भएर काम समेत अघि बढेको थियो । तर स्थानीयको अवरोधले काम ठप्प छ ।

पाँच महिनामा काम सक्ने गरी गत फागुन ११ गते गोल्डेन निर्माण सेवा एण्ड सप्लायर्स प्रालि काठमाण्डौसँग ठेक्का सम्झौता भएको पालिकाका इन्जिनियर राजन रानाभाटले बताए । उनका अनुसार सम्झौता रकम २ करोड ३१ लाख रहेको छ । ‘ल्याण्डफिल्ड साइडमा फोहोर संकलन गर्ने, कुहिने र नकुहिने फोहोरलाई छुट्याएर वर्गिकरण गर्ने, कुहिने फोहोरलाई मल बनाउने र नकुहिनेलाई बाहिर सप्लाई गर्ने योजना हो,’ उनले भने, ‘उक्त स्थानमा केही मेसिनहरु पनि जडान हुन्छन् ।’

तर स्थानीयको अवरोधले अहिले काम रोकिएको छ । बिशेष गरी केवरपानी र सिलिङटारका स्थानीयले अवरोध गरेको पालिका स्तरीय फोहोर व्यवस्थापन बोर्डका अध्यक्ष दिनेश जोशीले बताए । ‘बोर्डले निर्णय गरेर दश रोपनी जग्गा पनि खरिद गरिसक्यौ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्याकंन भएर काम पनि अघि बढिसकेको थियो तर केही व्यक्तिले काम गर्न दिनुभएन ।’

वडा नम्वर २ र ३ को फोहोर व्यवस्थापनका लागि उक्त योजना अघि बढाइएको बताउँदै उनले थपे, ‘वातावरण प्रभाव मूल्याकंनले रिपोर्टले वातावरण पर्यावरणलाई कुनै क्षति पुग्दैन भनिसक्यो, वस्तीलाई पनि असर पर्दैन भन्ने छ तर स्थानीयले बिरोधका लागि मात्र बिरोध गरेको देखियो ।’ ल्याण्डफिल्ड साइड निर्माण हुन लागेको स्थल नजिकै वस्ती समेत नरहेको उनले जानकारी गराए ।

केवरपानीका स्थानीय चन्द्रबहादुर गुरुङले सो क्षेत्रमा ल्याण्डफिण्ड साइड बनाउँदा खानेपानी मुहान दुषित हुने बताए । ‘पहिले पनि खानेपानी बनाइदिन्छु भनेर फसायो,’ उनले भने, ‘मनकामना बजार क्षेत्रको ढल हाम्रो खानेपानीको मुहानमा जान्छ, खेतवारीमा ढल पसेर हिड्न सकिदैन, गाइवस्तुलाई पानी खुवाउन पनि समस्या बनाएको छ,’ उनले भने । पानीको मुहानामा असर गर्ने भएकाले ल्याण्डफिण्ड साइड निर्माणको काम रोकिदिएको उनले जानकारी गराए । ‘मनकामना बजारको मान्छे मात्र बाच्ने की हामी तलको मान्छे पनि बाच्ने ?’ उनले प्रश्न गरे ।

यता फोहोर व्यवस्थापन बोर्डका अध्यक्ष जोशीले खानेपानीको मुहानमा कुनै असर नपर्ने जिकिर गरे । ‘अहिले मनकामना बजारको फोहोर वडा नम्वर २ स्थित काठेखोला भन्ने ठाउँमा अस्थायी रुपमा संकलन गर्ने गरेका छौ तर, व्यवस्थित छैन,’ उनले भने, ‘यो योजना सफल भए मनकामना बजार क्षेत्रसँगै वडा नम्वर २ र ३ को बिभिन्न ठाउँको फोहोर व्यवस्थापनमा निकै सहज हुन्थ्या ।’ उक्त योजनाबाट स्थानीयलाई रोजगारको अवसर समेत सिर्जना हुने उनले बताए ।

वडा नम्वर ३ का अध्यक्ष दिपक पाण्डेले स्थानीयको बुझाइ फरक पर्दा समस्या भएको बताए । ‘मनकामनाको सबै फोहोर ल्याएर डम्प गर्न खोजे, यो ठाउँलाई बन्चरेडाँडा बनाउन खोजे भन्ने स्थानीयको बुझाइ छ तर, यो त्यस्तो होइन । सुख्खा ल्याण्डफिल्ड साइड हो,’ उनले भने । खानेपानी मुहानलाई समेत यसले असर नगर्ने उनको तर्क छ ।

फोहोरलाई मोहोरमा परिणत गर्ने लक्ष्यसहित पाइलट प्रोजेक्टको रुपमा यो योजना लागू गर्न लागिएको पालिका अध्यक्ष रमेश थापा मगरले बताए । वस्ती र खानेपानी मुहानमा यसले कुनै असर नगर्ने भन्दै ल्याण्डफिल्ड साइड निर्माणमा सहयोग गरिदिन उनले स्थानीयलाई आग्रह गरेका छन् ।

सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.