गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा रोट महोत्सव सुरू भएको छ । गोरखनाथ प्रकट भएको दिनको अवसर पारेर सोमबारदेखि महोत्सव सुरु भएको हो । सिद्धाश्रम शक्ति केन्द्रले गोरखाले गर्दै आएको महोत्सवको यो २२ औं संकरण हो ।
केन्द्रका प्रमुख रामजी अर्यालका अनुसार महोत्सव ११ दिनसम्म चल्नेछ । महोत्सवको पहिलो दिन सोमबार बिहान गोरखा बसपार्कस्थित केन्द्रको कार्यालयबाट रथयात्रा गिरएको छ। महोत्सव अवधिभर एक लाख २५ हजार भन्दा धेरै रोट गोरखनाथलाई अर्पण गरिने छ । दैनिक भजन कृतन र विशेष हवन पनि हुनेछ ।
गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने प्रसादका रुपमा रोटलाई लिइन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । करिव ५० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने अनुमान आयोजकको छ ।
रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



































