Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

निर्वाचन क्षेत्रमा मुख्यमन्त्री पाण्डेको व्यस्तता

"सडक शिलन्यासदेखि खानेपानी उद्घाटनसम्म "

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुई दिन आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त देखिए । बिहीवार गृह जिल्ला आएका उनी शिलन्यास र उद्घाटन जस्ता औपचारिक कार्यक्रममा सहभागी बने ।

Advertisement

बिहीवार बिहान उनले सिरानचोक गाउँपालिका–६ मा निर्माण भएको असुराघारी बसेरीगाउँ खानेपानी आयोजनाको उद्घाटन गरे । १ करोड ९३ लाख लागतमा निर्माण भएको उक्त आयोजनाबाट २ सय ७० घरधुरी लाभान्वित छन् । प्रदेश सरकारको यस आयोजना अन्तरगत मुहान संरक्षण, घेरावार लगायतका केही काम भने बाँकी छन् ।

आयोजना उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले यो बर्ष ५० लाखभित्र सम्पन्न हुने जिल्लाका ४४ वटाभन्दा बढी एकल योजनाको स्रोत सुनिश्चित गरिसकेको बताए । प्रदेशभर अलपत्र परेका योजना सम्पन्न गर्दै लैजाने प्रदेशको योजना रहेको उनले जानकारी दिए ।


सोही दिन उनले गोरखा नगरपालिका–१० छेवेटारमा बनेको सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवनको स्थलगत निरीक्षण गरे । करिव साढेँ चार करोडमा निर्माण भएको उक्त भवन संचालनको मोडालिटी तयार गरिने उनले बताए ।

शुक्रवार बिहानै उनी अजिरकोट गाउँपालिकाको चनौटे–ढिस्का–भच्चेक सडक शिलन्यास गर्न पुगे । गण्डकी प्रदेश सरकारको ३८ करोड ९३ लाख (भ्याट वाहेक) लागतमा सडक कालोपत्रे गर्न लागिएको हो । आयोजना अन्तरगत सडक चौडासँगै पक्की नाला र टेवा पर्खाल निर्माण हुने पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । केही भागमा आरसिसी ढलान समेत हुने छ । खड्का कृष्ण नव कान्तिपुर जेभीसँग ठेक्का सम्झौता भएर काम अघि बढेको उक्त आयोजना २०८४ साल असार २५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ । सडकको दुरी कुल १४.३ किलोमिटर रहेको छ ।

सडक शिलन्यास पश्चात मुख्यमन्त्री पाण्डे बारपाक पुगे । भीसी गजे घले नेपाल तारा स्मारक फाउण्डेसन भवन एवं संग्रहालयको उद्घाटन गरे । बारपाकमा जन्मेका गजेले दोस्रो बिश्वयुद्धमा बर्माको रंगुनस्थित चिनहिलमा जापानी फौजमाथि ब्रिटिस सरकार मातहतमा रहेको भारतीय सेनाले विजय हात पार्दा आफ्नो बहादुरी देखाएका थिए । खुकुरीका भरमा १३ जापानी सैनिकलाई आक्रमण गरेर देखाएको साहसका लागि उनलाई भिक्टोरिया क्रस दिइएको थियो । नेपाल सरकारको तर्फबाट समेत श्री ३ महाराज जुद्धशमशेरले नेपाल–ताराको पदक उनलाई प्रदान गरेका थिए ।

उनै घलेको सम्झनामा उनका परिवारले बारपाकमा स्मारक फाउण्डेसन भवन र संग्रहालय बनाएका हुन् । संग्रहालयमा घलेको अर्ध कदको शालिकसँगै उनको जीवनको व्यक्तिगत सामग्रीका दस्तावेज र तस्विरहरु राखिएका छन् । शुक्रवारदेखि सर्वसाधारणका लागि उक्त संग्रहालय खुल्ला गरिएको बताइएको छ ।

कार्यक्रमकै अवसरमा घलेको जीवनीमा आधारित ‘गजे घले भेडीगोठदेखि भीसीसम्म’ भन्ने पुस्तकको विमोचन समेत गरियो । रेखा भन्तनाद्धारा लिखित उक्त पुस्तकको बिमोचन मुख्यमन्त्री पाण्डेले गरेका हुन् । घलेको गाउँ र उनको जीवनका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बिरताको प्रतिकको रुपमा बारपाकलाई विश्वभर चिनाउन गजे घलेको योगदान उच्च रहेको बताए । उनको योगदानले बारपाकीमात्र होइन समग्र गोर्खालीहरुलाई आँट र साहससँगै देशप्रतिको कर्तव्यवोध गराएको उनले धारणा राखे । बारपाक भूपू कल्याणकारी समिति र गजे घलेका परिवारहरुको समन्वयमा कार्यक्रम भएको हो ।

उक्त स्मारक निर्माण भएसँगै पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीयको अपेक्षा छ । ‘घलेकै परिवारको खर्चमा यो बनेको हो,’ जीतबहादुर घलेले भने, ‘यसले पर्यटन प्रवद्र्धनमा थप सहयोग मिल्छ भन्ने हाम्रो अपेक्षा छ ।’ यसको संरक्षणमा राज्यले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.