Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

अराजक बन्दै गएका बन्दकर्ताअघि निरीह बन्दै गोरखा प्रशासन

"प्रहरीमाथि नै हातपातको प्रयास "

सात बर्षअघि खारेज भएको सिन्डिकेट ब्युँताउने दुष्प्रयाससहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका अघि गोरखाको प्रशासन निरीह देखिएको छ । यातायात बन्द गराउँदै सडकमा उत्रिएका व्यवसायीले प्रहरीकै सामू गाडी तोडफोडदेखि व्यक्तिमाथि हातपात समेत गरे । यात्रुसँगको अभद्र व्यवहारका अनगिन्ती घटनामा प्रशासन मूकदर्शक मात्र बनिरह्यो ।

Advertisement

बाह्र किलोचोकमा आन्दोलनरत व्यवसायीहरुले ड्यूटीमा खटिएका प्रहरीमाथि नै हातपातको प्रयास गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बन्यो । तर गोरखा प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले त्यस बिषयमा कुनै ‘एक्सन’ लिन सकेनन् । सामान्य धकेलाधकेल भन्दै घटनालाई थामथुम पार्न खोजे । भने, ‘हातपात नै त होइन तर सामान्य धकेलाधकेल भएको रहेछ, ती मान्छेहरुलाइ हामी अनुसन्धानको दायरामा ल्याउछौ ।’

ग्यारेजमा गाडी बनाएर घर फर्कदै गरेका पालुङटार नगरपालिका–१० मिरकोटका कृष्णहरि देवकोटामाथि शनिवार बाह्र किलोचोकमा आक्रमण भयो । नेत्रबहादुर कुमालले आफूलाई आक्रमण गरेको भन्दै देवकोटाले प्रहरीमा जाहेरी दर्ता समेत गराए । तर प्रहरीले कुमाललाई पक्राउ गर्नुको सट्टा उल्टो देवकोटालाई दुई हजार जरिवाना तिराएर पठायो ।

यस बिषयमा पनि प्रहरी प्रमुख बिक हल्का रुपमा प्रस्तुत भए । उनले भने, ‘मौखिक रुपमा जानकारी गराउनुभएको रहेछ, जाहेरी आएमा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय ठाटीपोखरीलाई निर्देशन दिइसकेको छु ।’

त्यस्तै आइतवार राती करिव १२ बजे छेवेटारमा गोरखा नगरपालिका–१० टक्सारका अञ्जन घर्तीमाथि पनि बन्दकर्ताहरुले कुटपिट गरे । कुटपिटमा संलग्नलाई प्रशासनले कारवाहीको दायरामा ल्याउन सकेन । बन्दको नाममा अराजक बन्दै गएका बन्दकर्ताले विवाह र स्कुलका गाडीमा समेत अवरोध पु¥याए । मोटरसाइकलमा सवार यात्रुलाई लछारपछार गरेको कतिपय दृश्य सामाजिक सञ्जालमै छरपष्ट देखियो । अनुगमनमा हिडेका सरकारी कार्यालयको गाडी समेत रोके ।

बन्दको नाममा अराजक बन्दै कुटपिटमा संलग्नलाई प्रशासनले न कारवाहीको दायरामा ल्याउन सकेको छ न यात्रुलाई सुरक्षा प्रदान गर्दै गन्तव्य स्थलमा पु¥याउन सकेको छ । बन्दकर्ताले गर्दै आएको अराजक गतिविधीलाई टुलुटुल हेर्नु वाहेकका काम गर्ने ल्याकत प्रशासनले देखाउन सकेको छैन ।

राइड सेयरिङको बिरोधमा सार्वजनिक यातायात नचलाउने निर्णय गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले मोटरसाइकल समेतलाई अवरोध पु¥याइरहेका छन् । उनीहरुमाथि दुव्र्यवहार र अपमान गरेको भिडियो सार्वजनिक भइरहेका छन् । व्यवसायीको यस्ता गतिविधी बिरुद्ध प्रशासनले कुनै ‘एक्सन’ लिन सकेको देखिदैन । बन्दका कारण यात्रुको बिचल्ली बनेको छ ।

यता प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले भने सार्वजनिक यातायात वाहेक अन्य सवारीलाई रोकतोक गर्ने र यात्रुमाथि दुव्र्यवहार गर्नेलाई कारवाही हुने बताए । ‘बन्दकर्ताले त्यस्तो अभद्र व्यवहार गरेमा नजिकैको प्रहरीलाई खवर गर्नुस्, नभए प्रहरी प्रमुख वा मलाई नै फोन गर्दा हुन्छ, त्यस्ता व्यक्तिलाई हामी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउँछौ ।’ सुरक्षा माग गरेमा स्कटिङ सहित जुनसुकै सवारीहरुलाई गन्तव्य स्थलसम्म पु¥याउन तयार रहेको उनले जिकिर गरे ।

बिहिबार, जेठ २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.