Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा छेवेटारको जेष्ठ नागरिक आवास भवन संचालनमै अन्योल !

गोरखा नगरपालिका–१० छेपेटारमा बनेको सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन संचालनमा अन्यौलता देखिएको छ ।

Advertisement

बृद्धाश्रमको रुपमा प्रयोग गर्ने उदेश्यसहित गण्डकी प्रदेश सरकारले करिव साढेँ चार करोड खर्चेर उक्त भवन बनाएको हो । तर भवनलाई कसरी सदुपयोग गर्ने भन्नेमा प्रदेश सरकार आफै अन्योलमा छ । स्थानीय सरकारलाई हस्तान्तरण गर्ने वा प्रदेश आफैले संचालन गर्ने भन्ने पनि हालसम्म एकिन छैन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन संचालनको तीन वटा मोडालिटी हुन सक्ने बताए । ‘कुनै संस्थालाई चलाउन दिने वा स्थानीय तहसँग सम्झौता गरेर चलाउने वा प्रदेश आफैले चलाउने भन्ने तीन वटा मोडालिटी हामीले सोचेका छौ,’ उनले भने, ‘आवश्यक छलफल गरेर यी मध्ये एउटा मोडालिटीमा संचालन गर्छाै ।’ भवन संचालनका लागि कार्यविधी समेत तयार गरिने उनले जानकारी दिए । पोखरामा महानगरपालिकासँगको साझेदारीमा घरेलु हिंसा पीडित महिलाहरुको उद्दार केन्द्र संचालनका लागि सम्झौता भएर कार्यविधी समेत निर्माण भएको बताउँदै उनले सोही कार्यविधी अनुसार जेष्ठ नागरिक आवास भवन संचालन गर्न सकिने धारणा राखे ।

जेष्ठ नागरिक आवास बाहेक अन्य प्रयोजनका लागि पनि भवन प्रयोग हुन सक्छ ? भन्ने अनलाइनखवरको प्रश्नमा मुख्यमन्त्री पाण्डेले भने, ‘जेष्ठ नागरिककै लागि भनेर हामीले यो भवन बनाएका हौ । त्यसको सम्भावना देखिएन भने पनि सामाजिक प्रयोजनका लागि बनेको भएकाले व्यापारिक प्रयोजनमा जादैनौ, जुन प्रयोजनका लागि बनेको हो त्यसकै लागि प्रयोग गर्न प्रयत्न गर्छौ ।’ बिहीवार उनले उक्त भवनको स्थलगत निरीक्षण समेत गरेका छन् ।

२०७६ सालबाट भदौ १ गते आसिस इको जेभीसँग ठेक्का सम्झौता भएर भवन निर्माणको काम अघि बढेको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । ‘शहरी बिकास तथा भवन कार्यालयसँग सम्झौता भएर काम अघि बढेको रहेछ,’ कार्यालय प्रमुख गणेश सुवेदीले भने, ‘पछि यो योजना हाम्रो कार्यालयलाई हस्तान्तरण भयो ।’ दुई बर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि गत असोज महिनामा मात्र सम्पन्न भएको उनले जानकारी दिए । उनका अनुसार ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न नभएपछि बिभिन्न चरण गरि तीन पटक म्याद थप भएको थियो ।

कुल तीन रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । बृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् । सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको कार्यालयले जनाएको छ । भवनमा रंगरोकनसँगै बिजुली जडान भइसकेको छ । केही कोठाहरुमा एयर कन्डिसन (एसी) समेत जडान गरिएको कार्यालय प्रमुख सुवेदीले बताए । भवनसम्म पुग्ने सडकको दुई सय मिटर कालापत्रे र ढलान समेत भइसकेको उनले जानकारी दिए । भवन रेखदेखका लागि एक जना व्यक्ति समेत खटाइएको छ ।

प्रत्येक प्रदेशमा एउटा वृद्धाश्रम बनाउने सरकारको योजना अनुरुप गण्डकी प्रदेशको गोरखामा बनाइएको बताइएको छ ।

आइतबार, असार ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.