Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा पेन्सनवालको पैसामा चोरी समूहको कुदृष्टि

"सार्वजनिक यातायातबाटै श्रृंखलावद्ध रुपमा रकम चोरी, तीन पक्राउ  "

७१ बर्षीय गिरिराज पन्त गत फागुन ८ गते पेन्सन निकाल्न गोरखा सदरमुकाम आइपुगे । बैंकबाट एक लाख नगद झिकेर घर फर्कन सार्वजनिक यातायात चढे । करिव पाँच किलोमिटरको दुरी पार गर्न नपाउँदै उनको झोलाको एक लाख नगद चोरी भयो । यात्रुको भिडमा गण्डकी गाउँपालिका–२ निवासी उनले चोरी भएको पत्तै पाएनन् ।

Advertisement

गोरखा नगरपालिका–६ हरमटारीका ८२ बर्षीय गंगाबहादुर श्रेष्ठको पनि बस चढेकै बेला दुई लाख नगद चोरी भयो । जेठ ७ गते पेन्सन बुझेर लक्ष्मीबजारबाट गोरखा बजार फर्कने क्रममा उनको झोलामा रहेको दुइ लाख रुपैया चोरी भएको हो ।

शहिद लखन गाउँपालिका–५ का चोकबहादुर थापा मगरसँग पनि उस्तै घटना दोहोरियो । जेठ ११ गते लक्ष्मीबजारबाट पेन्सन बुझेर घर फर्कने क्रममा उनी चढेको बसभित्रैबाट उनको झोलामा रहेको नगद ५० हजार चोरी भयो ।

सार्वजनिक यातायातमै श्रृंखलावद्ध रुपमा नगद चोरीका घटना हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गर्दै निगरानी बढायो । सिसिक्यामेरा फुटेजको सहारा लियो । बिभिन्न प्रविधिको प्रयोग ग¥यो । चोरी भएको क्षेत्र र बैंक आसपास सिभिलमा प्रहरी परिचालन ग¥यो । पछिल्लो घटना भएको केही दिनपछि लक्ष्मीबजारबाट शंकास्पद दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो ।

‘केही दिन अघि उनीहरुलाई मास्कसहित हामीले लक्ष्मीबजार चोकमा देख्यौ,’ एसपी भरतबहादुर बिकले भने, ‘अघिल्लो घटनाको सिसिटिभी फुटेज हेर्दा अलि अलि हुलिया मिल्ने भएकाले शंका लाग्यो अनि नियन्त्रणमा लिएर सोधपुछ गर्दा चोरी गरेको खुल्न आयो ।’

चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका वडा नम्वर ४ घर भई हाल चितवन बस्ने ४९ बर्षीय दिपक परियार, ३५ बर्षीय आशिक भुजेल र ४३ बर्षीय दाननारायण श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट २७ हजार ७ सय नगद र चोरीमा प्रयोग गर्ने नङकट दुई थान, चिम्टी एक थान र ब्लेड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । साथै दुई वटा मोवाइल पनि प्रहरीले उनीहरुको साथबाट बरामद गरेको छ ।

उनीहरुबिरुद्ध चोरी सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बुधबार, असार ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.