Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

२५ लाख खर्चेर उत्तरी गोरखाको मुख्य पदमार्गको स्तरोन्नती

उत्तरी गोरखाको चुम र नुव्री उपत्यका जाने मुख्य पदमार्ग स्तरोन्नती गरिएको छ । साँघुरो र जोखिमयुक्त स्थानमा तारजाली सहित स्तरोन्नती गरिएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।

Advertisement

छेकम्पारको चौरीखर्क क्षेत्र हुदैँ चुम उपत्यका (छेकम्पार) जाने पदमार्ग, नाग्चेतबाट फिलिम र बिहीबाट गप जाने मुख्य पदमार्ग स्तरोन्नती गरिएको एमक्याप प्रमुख सन्तोष शेरचनले बताए । ‘उक्त ठाउँहरुमा बाटो फराकिलो बनाएर फलामे पोलसहितको तारजाली हालेका छौ,’ उनले भने, ‘गत बर्ष बाढीले पहिरो गएको चुम्लिङमा तलबाटै रिटर्निङ वाल उठाएर बलियो बनाएका छौ ।’

चौरीखर्क क्षेत्र हुदैँ चुम उपत्यका जाने पदमार्ग स्तरोन्नतीका लागि ६ लाख ९० हजार रकम खर्च गरिएको उनले बताए । त्यस्तै नाप्चेतबाट फिलिम जाने पुलसम्मको पदमार्ग स्तरोन्नतीका लागि ७ लाख ९८ हजार र बिहीबाट गप जाने पदमार्ग स्तरोन्नतीका लागि करिव ७ लाख खर्च भएको एमक्यापले जनाएको छ । ‘चुम्लिङमा गत बर्ष बाढी गएको ठाउँमा एक लाख ५० हजार खर्चेर तलैदेखि रिटर्निङ वाल लगाएका छौ, पहिरो जोखिममा परेका घरहरु सुरक्षित भएका छन्,’ एमक्याप प्रमुख शेरचनले भने ।

त्यस्तै नाग्चेतमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड पनि निर्माण गरिएको बताइएको छ । १ लाख ५० हजार खर्चेर डम्पिङ साइड निर्माण गरिएको एमक्यापले जनाएको छ । एमक्यापको आर्थिक सहयोग र गाउँपालिकाको साझेदारीमा उक्त काम भएको हो ।

पदमार्ग स्तरोन्नती भएसँगै मनास्लु क्षेत्र र छेकम्पार आउने पर्यटकका लागि आउजाउमा निकै सहज हुने अपेक्षा गरिएको छ ।

मङ्गलबार, साउन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.