Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा एक बर्षमा ८३ फरार अभियुक्त पक्राउ, करिव ४९ लाख जरिवाना असुल

"ज्यान सम्बन्धी र बैकिङ कसूरको मुद्दा बढ्दो "

जिल्ला प्रहरी कार्यालय गोरखाले एक बर्षको अवधिमा ८३ जना फरार अभियुक्त पक्राउ गरेको छ । बिभिन्न कसूरमा कैद तथा जरिवाना सजाय तोकिएका उनीहरुबाट ४८ लाख ९३ हजार जरिवाना असुल उपर गरिएको कार्यालयले जनाएको छ । ११ बर्ष ८ महिना २८ दिन कैद भुक्तान समेत भएको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताए ।

Advertisement

जरिवाना स्वरुप सबैभन्दा बढी सोनाम दोर्जे लामाबाट ११ लाख ६ हजार ७ सय ९० रुपैया जरिवाना असुल उपर गरिएको उनले जानकारी दिए । लामा चुमनुव्री गाउँपालिका–२ का हुन् । बैदेशिक मुद्रा अपचलन सम्बन्धी कसूरमा मुद्दा दर्ता भएका उनलाई जिल्ला अदालतले उक्त रकम बराबरको जरिवाना तोकेको थियो । त्यसयता उनी फरार थिए ।

पक्राउ परेका फरार अभियुक्तमध्ये अधिकांशलाई अभद्र व्यवहार तथा शान्ति बिरुद्धको कसूरमा मुद्दा दर्ता भएर कैद तथा जरिवाना सजाय सुनाइएको थियो । पछिल्लो समय फरार अभियुक्त पक्राउ अभियानलाई तिव्र बनाइएको एसपी बिकले बताए । ‘हामीले बिशेष खालको अपरेशन नै संचालन गरेका छौ,’ उनले भने, ‘फरार अभियुक्तहरुको खोजी कार्य पनि तिव्र पारिएको छ ।’

ज्यान सम्बन्धी र बैकिङ कसूरको मुद्दा बढ्दो

गत आव (२०८१\८२) कार्यालयमा कुल ३ सय ३० वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी ज्यान सम्बन्धीका मुद्दा रहेको एसपी बिकले जानकारी दिए । उनले भने, ‘ज्यान सम्बन्धी ६६ वटा मुद्दा दर्ता भयो, त्यसपछि बैकिङ कसूरको छ ।’ बैंकिङ कसूर सम्बन्धी ५९ वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आर्थिक बर्ष २०८०\८१ मा ज्यान सम्बन्धी ६३ र बैंकिङ कसूर सम्बन्धी ४३ वटा मुद्दा दर्ता भएका थिए । करणी सम्बन्धीका घटनामा भने केही कमी आएको उनले बताए । ‘अघिल्लो आर्थिक बर्ष करणी सम्बन्धी ३७ वटा मुद्दा दर्ता भएको थियो तर गत आव २३ वटा मात्रै छ,’ उनले भने । नागरिकता सम्बन्धी मुद्दा दर्ता हुने क्रम पनि बढ्न थालेको एसपी बिकले बताए । अघिल्लो आव ९ वटा मुद्दा दर्ता भएकोमा गत आव दश पुगेको उनले जानकारी दिए ।

अपराधिक घटना न्यूनिकरणका लागि बिभिन्न अभियान संचालन भइरहेको कार्यालयले जनाएको छ । पेट्रोलिङ गस्ती र सचेतनामूलक कार्यक्रमहरु बढाइएको एसपी बिकले बताए । ‘गत आव मात्रै हामीले १६ सय भन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन ग¥यौ, करिव २७ हजार लाभान्वित भए,’ उनले भने । बिद्यार्थीहरुलाई लक्षित गरी प्रहरीसँग एक दिन कार्यक्रम पनि संचालन गर्दै आएको उनले जानकारी दिए ।

बुधबार, साउन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.