Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

आरुघाटभित्र चल्ने सार्वजनिक यातायातको रुट परिवर्तन गर्न माग

"सिधै धादिङ हुदैँ काठमाडौ जाने व्यवस्था मिलाइदिन आग्रह "

पालिकाभित्र संचालन हुने सार्वजनिक यातायातको रुट परिवर्तन गर्न आरुघाट गाउँपालिकाले माग गरेको छ । गोरखा बजार हुदैँ काठमाडौं जाने रुटलाई सिधै धादिङबाट जाने व्यवस्था मिलाइदिन पालिकाले माग गरेको हो ।

Advertisement

सोमवार जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङलाई पत्राचार गर्दै हाल संचालनमा रहेका चार वटा रुट परिवर्तन गरिदिन पालिकाले माग गरेको छ । आरुघाटको आरुपोखरी, थुमि, आप्रिक र मान्वुबाट काठमाडौंका लागि छुट्ने सार्वजनिक यातायात गोरखा बजार नगई सिधै धादिङबाट काठमाडौ जाने व्यवस्था मिलाइदिन आग्रह गरिएको पालिका अध्यक्ष राजु गुरुङले बताए ।

‘अहिले आरुघाटबाट गोरखा बजार हुदै काठमाडौं जाने गरेको छ,’ उनले भने, ‘गोरखा बजार नगई आरुघाटबाट सिधै धादिङ हुदै जान पायो भने बाटो पनि छोटो पर्छ, भाडादर पनि कम लाग्छ ।’ स्थानीयको मागलाई मध्यनजर गर्दै रुट परिवर्तनका लागि प्रशासनसँग आग्रह गरिएको उनले बताए ।

नयाँ रुट निर्धारणका लागि गोरखा र धादिङमा रहेका यातायात सेवा प्रालि र व्यवसायीसँग पटक पटक छलफल हुदाँ समेत समस्या समाधान हुन नसकेको उनको भनाइ छ । नयाँ रुट निर्धारण हुन नसक्दा नागरिकहरु मर्कामा परेको र खर्च समेत बढेको उनले जानकारी दिए ।

भित्रि रुपमा सिन्डिकेट कायमै रहेको भन्दै नयाँ रुट कायम गरी यातायात संचालनको व्यवस्था मिलाउन पालिकाले अनुरोध गरेको छ ।

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.