Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा जेनजी आन्दोलनका शहिद परिवारलाई राहत रकम वितरण

जेनजी आन्दोलनका शहिद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको छ । आन्दोलनको क्रममा ज्यान गुमाउने गोरखाका शहिद परिवारलाई राहत रकम वितरण थालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।

Advertisement

‘केही दिनअघि देखि हामीले शहिद परिवारलाई राहत रकम वितरण थालेका हौ,’ उनले भने, ‘आज पनि पालुङटार नगरपालिका–३ का अनिष पराजुलीका परिवारलाई राहत रकम उपलब्ध गरायौ ।’ वडाध्यक्ष रविन्द्र अधिकारी, प्रहरी लगायतको उपस्थितीमा पराजुलीकी धर्मपत्नी मञ्जु् पौडेललाई राहत रकम हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार शहिद परिवारलाई कुल १५ लाखका दरले राहत रकम उपलब्ध गराइएको छ ।

‘आर्थिक सहायता भनेर दश लाख र काजक्रिया, यातायात लगायतका खर्च भनेर पाँच लाख गरि कुल १५ लाख रकम उपलब्ध गराउने भन्ने केन्द्रको निर्देशन अनुसार हामीले रकम उपलब्ध गराएका हौ,’ उनले भने । उक्त रकम सिधै परिवारका सदस्यको बैंक खातामा जम्मा गरिएको उनले जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा पराजुलीसहित गोरखाका चार जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा पराजुली, बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका–४ का अर्जुन भट्ट र सिरानचोक गाउँपालिका–२ का सरोज गुरुङ रहेका छन् ।

चार जनामध्ये तीन जना शहिद परिवारले राहत रकम लगिसकेका छन् । सिरानचोकका सरोजका परिवारले केही दिनमा आउने बताएको प्रजिअ कडरियाले जानकारी दिए ।

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गर्ने र उनीहरुको परिवारलाई राहत रकम उपलब्ध गराउने यसअघि नै सरकारले घोषणा गरेको थियो । सोही अनुसार जिल्लाका शहिद परिवारलाई रकम वितरण गरिएको प्रजिअ कडरियाले बताएका छन् ।

मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.