Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

विवादका कारण ऐतिहासिक लिगलिगे दौडले निरन्तरता पाउन सकेन

फाइल तस्विर

विवादका कारण विगत दुई बर्षदेखि जिल्लामा ऐतिहासिक लिगलिगे दौड हुन सकेको छैन । पालुङटार नगरपालिका र लिगलिगकोट बिकास अभियानबीच आयोजक बन्ने होडवाजीका कारण उत्पन्न विवादले प्रतियोगिता हुन नसकेको हो ।

Advertisement

यसअघि लिगलिगकोट बिकास अभियानले फुलपातीको अघिल्लो दिन पारेर दौड प्रतियोगिता गर्दै आएको थियो । तर गत बर्ष नगरपालिका आफैले अपनत्व लिएर दौड प्रतियोगिता गर्ने भएपछि अभियानले असन्तुष्टी जनायो । आफूहरुसँग सामान्य छलफल नगरी दौड गर्न लागेको भन्दै अभियानका अध्यक्ष रानाले आपत्ति जनाए । ‘२०६७ सालदेखि मानापाथी गरेर भएपनि यत्तिका बर्ष हामीले निरन्तर दौड गर्दै आयौ,’ उनले भने, ‘तर गत बर्ष हामीसँग सामान्य छलफल पनि नगरी नगरपालिका आफैले दौड गर्ने निर्णय ग¥यो ।’ संरक्षकको रुपमा दौडमा सहयोग गर्न आग्रह गर्दा नगरपालिका नमानेको उनले जानकारी गराए ।

आयोजककै बिषयमा विवाद चुलिदै गएपछि पालुङटार नगरपालिकाले अन्ततः दौड नगर्ने निर्णय ग¥यो । दौड गर्ने तयारीका साथ अनुमति लिन अभियान नगरपालिको पुग्यो । तर नगरपालिकाले अनुमति नदिएको अभियानका अध्यक्ष रानाले बताए । ‘नगरपालिकाले नगर्ने भएपछि हामी गर्छाै भनेर अनुमति लिन गयौ, तर कार्यक्रम गर्न पाउदैनस् भनेर मेयरले अनुमति नै दिनुभएन,’ उनले भने । वडा कार्यालयले सिफारिस गर्दा समेत अनुमति नदिएको उनले गुनासो गरे । राजनीतिक प्रतिशोधका कारण आफूहरुलाई मेयरले अनुमति नदिएको उनको आरोप छ ।

उनका अनुसार यो बर्ष असोज १२ गते प्रतियोगिता गर्ने अभियानको तयारी थियो । अनुमतिका लागि नगरपालिका जादाँ मौखिक रुपमा मेयरले कार्यक्रम नगर्न भने । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै पालिकाले एक महिना पालिकाभित्र ठुलो भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेपछि दौड हुन सकेन । अभियानलाई दौड गर्न नदिन मेयरले हतारमा उक्त निर्णय गराएको रानाले आरोप लगाए । ‘दौडका लागि हाम्रो संस्थाकै नाममा यो बर्ष राष्ट्रिय खेलकुद परिषदबाट रातो कितावमै योजना समावेश गरेर दश लाख बजेट विनियोजन भएको थियो, हामीले सम्झौता पनि गरेर आइसकेका थियौ । तर नगरपालिकासँग अनुमति माग्न जाँदा कार्यक्रम नगर भन्यो,’ उनले भने ।

पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले जेनजी आन्दोलनको प्रभावका कारण कार्यक्रम नगर्ने निर्णय गरिएको बताए । गत बर्ष अभियानले अवरोध गरेका कारण दौड नगरेको उनले जानकारी दिए । अवका दिनमा पालिकाले अपनत्व लिएर दौड संचालन गर्ने बताउँदै उनले थपे, ‘सरकारले अपनत्व लिएर दौड गर्छु भन्दा सबैले सहयोग गर्नुपर्नेमा सरकारले गर्न पाउँदैन हामीले गर्नुपर्छ भन्नु गलत हो ।’
दौड संचालनका लागि आफ्नो संयोजकत्वमा पर्यटन बिकास समिति पनि गठन भइसकेको उनले जानकारी दिए । बिशेष कार्यक्रमसहित दौड गर्ने पालिकाको योजना छ ।

यता अभियानले चैते दशैको अवसरमा दौड गर्ने तयारी भइरहेको जनाएको छ । इतिहाससँग जोडिएको दौड भएकाले फुलपाती अघिल्लो दिन कार्यक्रम हुनुपर्ने भएपनि देशको राजनीतिक परिस्थितीका कारण यो बर्ष फरक समयमा दौड गर्ने तयारी गरिएको अभियानका अध्यक्ष रानाले बताए ।

तर नगर प्रमुख चिन्तनले भने अवका दिनमा उक्त कार्यक्रम संस्था बिशेषले नभइ नगरपालिकाले गर्ने जिकिर गरे । ‘देशको राजनीतिक परिस्थिती हेरेर यो बर्ष कार्यक्रम गर्ने नगर्ने निर्णय गर्छाै,’ उनले भने ।

नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट २०६७ सालदेखि पालुङटारमा दौड प्रतियोगिता सुरु भएको हो । चेपे दोभानबाट लिगलिगकोटको कालिका मन्दिर सम्म दौड हुने गर्छ । तर विवादका कारण विगत दुई बर्षदेखि दौड प्रतियोगिताले निरन्तरता पाउन सकेको छैन ।

बुधबार, असोज २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.