Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका पालिका स्तरीय आधारभूत अस्पताल : कतै संचालन, कतै जग्गा व्यवस्थापनमै समस्या

प्रत्येक पालिकामा कम्तिमा ५ देखि १५ वेडसम्मको आधारभूत अस्पताल निर्माण गर्ने सरकारको नीति अनुरुप जिल्लाका स्थानीय तहहरुमा पनि अस्पताल निर्माणको काम अघि बढेको छ । केही स्थानीय तहमा अस्पताल संचालनमा आइसकेको छ भने अधिकांशमा काम भइरहेको छ । तर केही पालिकामा भने जग्गा व्यवस्थापनमै समस्या देखिएको छ ।

Advertisement

शहिद लखन गाउँपालिकाको तिनमानेमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । १५ वेडको उक्त अस्पतालको हालसम्म ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ । हाललाई घैरुङ स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालको रुपमा संचालन गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । ‘कार्यपालिका बैठकबाट निर्णय पनि भइसकेको छ,’ उनले भने, ‘हामीले मेडिकल अफिसर पनि राखिसकेका छौ ।’ उक्त स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालको रुपमा संचालनका लागि यो बर्ष एक करोड ६ लाख बजेट समेत परेको उनले जानकारी दिए । ‘बजेट कार्यान्वयनको प्रक्रियामा छौ, उक्त स्वास्थ्य चौकीमा छिटै पाँच वेडको आधारभूत अस्पताल संचालन गर्छाै,’ उनले भने ।

सिरानचोक गाउँपालिकामा जौवारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडको आधारभूत अस्पतालको रुपमा संचालनको तयारी गरिएको छ । असोज महिनाबाट अस्पताल संचालनमा आउने पालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताए । ‘भवन निर्माण भइसकेको छ, अव कार्यपालिका बैठक बसेर निर्णय भएपछि संचालनमा आउछ,’ उनले भने ।

गण्डकी गाउँपालिकामा भने अस्पताल निर्माणको काम नै अघि बढेको छैन । मन्त्रालयबाट रकम प्राप्त नहुदाँ काम सुरु हुन नसकेको जनस्वास्थ्य निरीक्षक बिमल रेग्मीले बताए । ‘मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको आधारभूत अस्पतालमा स्तरोन्नती गर्ने भन्ने छ,’ उनले भने, ‘जग्गा व्यवस्थापनसहित डिपिआर गरेर मन्त्रालय पठाइसक्यौ, तर मन्त्रालयबाट रकम प्राप्त नभएर काम अघि बढ्न सकेको छैन ।’

अजिरकोट गाउँपालिकामा भने आधारभूत अस्पताल संचालनमा आएको दुई बर्ष भइसक्यो । भच्चेक स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा स्तरोन्नती गरिएको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । पाँच वेड क्षमताको उक्त अस्पतालले नयाँ भवनबाट सेवा दिइरहेको उनले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकाले पनि आश्राङ स्वास्थ्य चौकीलाई दश वेडको आधारभूत अस्पतालमा स्तरोन्नती गरेर संचालनमा ल्याइसकेको छ । २०८० पुष महिनाबाट अस्पताल संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । ‘स्वास्थ्यचौकीकै पुरानै भवनलाई मर्मत गरेर सेवा दिइरहेका छौ,’ उनले भने, ‘नयाँ भवन निर्माणका लागि जग्गा व्यवस्थापन भएको छ तर केन्द्रबाट बजेट रोक्का भएकाले बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन ।’

आरुघाट गाउँपालिकामा आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा स्तरोन्नती गरेर संचालन गरिएको छ । २०८१ साल जेठ महिनाबाट १५ वेडको आधारभूत अस्पताल संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।

धार्चे गाउँपालिकाको खोर्लावेशीमा पाँच वेडको आधारभूत अस्पताल संचालनमा आइसकेको छ । गत मंसिरबाट अस्पताल संचालनमा आएको स्वास्थ्य संयोजक अमृतबहादुर घलेले बताए । नयाँ भवनबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।

चुमनुव्री गाउँपालिकामा भने अस्पताल निर्माणको प्रक्रिया नै अघि बढेको छैन । जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए ।

बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीस्थित हुडिफाँटमा १५ वेडको आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । संरचना तयार भइसकेको र माघबाट सेवा सुरु गर्ने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले बताए ।

गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा भने गोरखा अस्पताल र आपपिपल अस्पताललाई आधारभूत अस्पतालको रुपमा लिइएको छ ।

आइतबार, कार्तिक २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.