Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

४ महिनामा ३६ हजारले गोरखा संग्रहालय अवलोकन गरे

"आठ लाख बढी राजश्व संकलन "

चार महिनामा ३६ हजार बढीले गोरखा संग्रहालयको अवलकोन गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म ३६ हजार ५०६ जना पर्यटकले संग्रहालय अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । कुल ८ लाख ३० हजार राजश्व संकलन भएको संग्रहालय प्रमुख जयनारायण कार्कीले बताए ।

Advertisement

शैक्षिक भ्रमणको सिजन सुरु भएसँगै गोरखा संग्रहालयमा विद्यार्थी पर्यटकको संख्या पनि दिनहुँ बढ्न थालेको उनले जानकारी दिए । ‘कात्तिकमा मात्रै १८ हजार ४ सय ५५ जनाले संग्रहालय अवलोकन गरेका छन् । ‘जसमध्य अधिकांश विद्यार्थी हुन्’, उनले भने, ‘कात्तिकमा ३ लाख ५४ हजार रुपैँया राजश्व संकलन भएको छ ।’ उनका अनुसार असोजमा ६ हजार ११९, भदौमा चार हजार १८५ र साउनमा ७ हजार २४७ जनाले संग्रहालय अवलोकन गरेका छन् ।

‘असोजमा एक लाख ६० हजार ६९०, भदौमा एक लाख २७ हजार ८२० र साउनमा एक लाख ८७ हजार ३६५ रुपैँया राजश्व संकलन भएको थियो’, संग्रहालय प्रमुख कार्कीले भने । गोरखा संग्रहालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष कुल १ लाख २२ हजार ७३३ जनाले संग्रहालय अवलोकन गरेका थिए । जसमध्ये ३६ हजार २९८ बिद्यार्थी थिए । आर्थिक बर्ष २०८०/८१ मा भने संग्रहालय अवलोकन गर्ने बिद्यार्थीको संख्या ३५ हजार ३५६ थियो । बर्षेनी बिद्यार्थी संगै पर्यटकको संख्या बढ्दै गएको संग्रहालयले जनाएको छ ।

असोजदेखि पुष महिनालाई शैक्षिक भ्रमणको सिजनको रुपमा लिने गरिन्छ । राज्य एकीकरणका अभियन्ता राजा पृथ्वी नारायण शाहले राज्य गरेको गोरखा दरवार र यसको ऐतिहासिक महत्व बुझ्न अधिकांश बिद्यालयको शैक्षिक भ्रमणको गन्तव्यमध्ये गोरखा पनि पर्ने पर्छ । देशका अधिकांश जिल्लाबाट शैक्षिक भ्रमणका लागि गोरखा आउने गर्छन् । गत बर्ष मात्रै अवलोकन वापत संग्रहालयले २८ लाख ७४ हजार राजश्व संकलन गरेको थियो । यो अघिल्लो बर्षको तुलनामा केही बढी हो ।

यो बर्ष पनि पर्यटकसँगै राजश्व पनि बढ्ने संग्रहालयको अनुमान छ । संग्रहालय अवलोकन वापत बिद्यार्थीले दश रुपैया शुल्क तिर्नुपर्छ । नेपालीले २५ रुपैया तिर्नुपर्छ भने बिदेशी पर्यटकको हकमा सार्क राष्ट्रका नागरिकका लागि ५० र अन्य देशका नागरिकका लागि एक सय रुपैया शुल्क लाग्ने बताइएको छ ।

मङ्गलबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.