Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बल्ल बल्यो लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली

लाइन बिस्तार भएको करिव चार बर्षपछि लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको छ । धार्चे गाउँपालिका वडा नम्वर ४ मा पर्ने उक्त वस्तीमा बिहीबारबाट बिद्युत प्रवाह गरिएको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

Advertisement

‘आज वडा कार्यालयमा मिटर बक्स जडान गरेर बिजुली बाल्यौ,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘वस्तीका घरधुरीमा मिटर जडानको काम भइरहेको छ ।’ बक्स जडान भएसँगै घरघरमा बिजुली बल्ने उनले बताए ।

उनका अनुसार पहिलो चरणमा ६० घरधुरीमा मिटर बक्स जडान हुने छन् । जडानका लागि दुई जना प्राविधिक खटाइएको छ । निवेदनको आधारमा मिटर बक्स जडान गर्न लागिएको जानकारी गराउँदै उनले भने, ‘हालसम्म ८० वटा निवेदन परेका छन्, बाँकी संकलन हुदैछ ।’ भूकम्पपश्चात गुप्सीपाखामा निर्माण भएको एकीकृत नमूना वस्ती र लाप्राकको पुरानो गाउँका सबै घरधुरीमा मिटर जडान गरिने उनले बताए । लाप्राकमा मात्रै करिव ६ सय घुरधुरी छन् ।

करिव चार बर्षअघि नै ११ केभी क्षमताको लाइन बिस्तार भएको लाप्राकमा बिद्युत प्रवाह भने भएको थिएन । आवश्यक मर्मतसहित वितरण लाइन निर्माणको काम सम्पन्न गरेर बिहीवारबाट बिद्युत प्रवाह गरिएको कार्यालय प्रमुख गुरुङले बताए । सिरानचोक गाउँपालिका–२ थालाजुङको ठुलस्वाँरास्थित सवस्टेशनबाट बिद्युत प्रवाह गरिएको उनले जानकारी दिए । बिद्युत प्रवाहका लागि तीन वटा ट्रान्सफर्मर राखिएको छ । गुप्सीपाखामा १०० केभिए क्षमताको एउटा र पुरानो वस्तीमा ५०÷५० केभिए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको उनले बताए ।

हाल लाप्राकीले लघु जलबिद्युतबाट बिजुली बाल्दै आएका छन् । २० र २६ किलोवाटको दुई वटा लघुजलबिद्युत भएपनि पावर नपुग्ने स्थानीयको गुनासो छ । अवका दिनमा समस्या नहुने बिद्युत प्राधिकरणले जनाएको छ । ‘लघुजलबिद्युतबाट बिजुली बाल्दा पावर नपुग्ने, वाइफाइ नचल्ने जस्ता समस्या थियो, अव केन्द्रीय लाइनको बिजुली बालेपछि त्यो समस्या आउदैन,’ गोरखा वितरण केन्द्र प्रमुख गुरुङले भने । प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख बिक्रमकुमार अमात्य र वडाध्यक्ष किसान गुरुङले संयुक्त रुपमा वडा कार्यालयमा बिजुली बालेर केन्द्रीय प्रशारण लाइनको उद्घाटन गरेका छन् ।

शनिबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.