Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको अलपत्र नौलीखोला मोटरेवल पुलको काम करिव डेढ बर्षपछि सुरु

निर्माण कम्पनीले अलपत्र छाडेको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला मोटरेवल पुलको काम अघि बढेको छ । एक महिनाअघिबाट काम पुनः सुचारु भएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । बेनिघाट–आरुघाट–लार्के सडकखण्डमा पर्ने उक्त पुलको काम करिव डेढ बर्षदेखि ठप्प थियो ।

Advertisement

‘गत बर्ष एक प्रतिशत पनि काम भएन,’ कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले भने, ‘यो बर्षपनि छठ पछाडी मात्र काम सुरु भएको हो ।’ उनका अनुसार हाल स्ल्याप ढलानका लागि फर्मा र डण्डीको काम भइरहेको छ । डाइभर्सन बाटो बनाएर माटो फिलिङ गर्ने काम सम्पन्न भइसकेको छ ।

ठेक्का सम्झौता अनुसार पुलको काम गत बर्ष नै सम्पन्न भइसक्नुपर्ने थियो । तर निर्माण कम्पनीको लापरवाहीका कारण हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सूर्याेदय कन्स्ट्रक्सन र कार्यालयबीच ठेक्का सम्झौता भएको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि कार्यालयले आउँदो असारमसान्त सम्मका लागि म्याद थप गरेको छ । पुल निर्माणका लागि गत बर्ष दुई करोड रकम विनियोजन भएको थियो । तर ठेकेदारले काम नगरेपछि रकम फिर्ता गएको कार्यालयका इन्जिनियर श्रेष्ठले बताए ।

यो बर्ष पनि दुई करोड रकम रहेको उनले जानकारी दिए । उनले भने, ‘अब निरन्तर काम भयो भने असार अगावै पुल बन्छ ।’ गाडी हिड्ने बैकल्पिक बाटोको अभाव र बर्खाको बेला खोला बढेर काम गर्न सम्भव नहुँदा पनि काममा केही ढिलाइ भएको उनको भनाइ छ । योजनामा ढिलाइ हुनुको कारणबारे जानकारी लिन सम्पर्क गर्दा निर्माण कम्पनीको फोन उठेन ।

४ करोड ३५ लाखमा निर्माण हुन लागेको उक्त पुलको कुल लम्वाई ३५ र चौडाई ८.४० मिटर रहने छ । प्रिस्ट्रेस प्रविधिको उक्त पुल बनेसँगै माछाखोलासम्म बाहै्र महिना मोटर संचालनमा कुनै समस्या नहुने स्थानीय बताउँछन् ।

मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.