Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको हुलाक कार्यालय देशकै पहिलो ‘स्मार्ट हुलाक’ बन्न सफल

जिल्ला हुलाक कार्यालय गोरखा नेपालकै पहिलो ‘स्मार्ट हुलाक’ बन्न सफल भएको छ । सोमवार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितीमा कार्यालयलाई स्मार्ट हुलाक घोषणा गरिएको हो ।

Advertisement

कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री खरेलले हुलाकलाई व्यवसायिक सेवाको रुपमा प्रयोग गर्न सकिने बताए । ‘हुलाकलाई गुड्ससँग जोड्न सकियो भने कार्यालयलाई थप चलायमान बनाउछ सकिन्छ,’ उनले भने, ‘आम्दानीको स्रोत पनि बलियो हुन्छ ।’ त्यसका लागि सरकार बिशेष योजना बनाएर अघि बढ्ने उनले आश्वासन दिए ।

कार्यालयको सेवालाई ‘डिजिटलाइज’ गर्दै प्रविधिमैत्री बनाउन सफल भएकाले स्मार्ट घोषित भएको कार्यालय प्रमुख बिनोदप्रसाद गैरेले बताए । ‘देशका अधिकांश हुलाक कार्यालयलाई स्मार्ट बनाउने भन्ने केन्द्रको योजना नै हो,’ उनले भने, ‘हामी पहिलो भयौ, गोरखाबाट शुभारम्भ भयो ।’
मुख्यतया कार्यालयबाट ‘पिट्स’ अनलाइन सेवा संचालन गर्न सफल भएकाले स्मार्ट हुलाक घोषणा भएको उनले जानकारी दिए । ‘पिट्स भनेको पोष्टल इन्टरनल ट्रयाकिङ सिस्टम हो, यो सिस्टमबाट सेवाग्राही आफूले पठाएको चिठी कतिबेला कहाँ पुग्यो भनेर सबै आफैले हेर्न मिल्छ,’ उनले भने ।

जिल्लाका सबै स्थानीय तहमा रहेका हुलाक कार्यालयबाट ‘पिट्स’ अनलाइन सेवा संचालन भइसकेको उनले बताए । अन्य सेवालाई पनि डिजिटलाइज गर्दै लगिएको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा एक स्थानीय तह एक हुलाक कार्यालय र जिल्लाभर ३३ वटा अतिरित्त हुलाक कार्यालय रहेको छन् ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख गैरेले डाँक गाडी नहुँदा सेवामा केही ढिलाइ भएको मन्त्रीसमक्ष गुनासो राखे । कर्मचारी जनशक्तिको अभाव रहेको बताउँदै उनले हुलाकको सेवा विविधिकरण र बिस्तारमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै मन्त्रालयकी सचिव राधिका अर्यालले कार्यालयहरुमा स्रोत साधन र जनशक्ति अभाव रहेको बताइन् । पुराना ऐन र नियम पनि परिमार्जन उनको धारणा छ । जिल्लाका सरकारी कार्यालयहरुलाई हुलाकसँग जोडिन पनि उनले आग्रह गरिन् । कार्यक्रममा हुलाक सेवा बिभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनी पनि सहभागी थिइन् ।

प्रविधिमैत्री, पारदर्शी, विश्वसनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुलाक कार्यालय देशकै उत्कृष्ट बन्न पनि सफल भएको छ । हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल बिभागले जनाएको छ ।

शनिबार, पुष १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.