Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा २ बाट जेल ब्रेकर कमाण्डर भुजेलको नाम सिफारिस

‘गोरखा जेल ब्रेकर’ की कमाण्डर उमा भुजेलको नाम आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट सिफारिस भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीले उनलाई उम्मेदवारका लागि सिफारिस गरेको हो । आइतवार बसेको पार्टी जिल्ला समिति बैठकले भुजेलसहित काजी गुरुङ र टेक प्रधानको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

Advertisement

सशस्त्र द्धन्द्धको समयमा २०५६ साल कात्तिक १३ गते तान्द्राङबाट प्रहरीले भुजेललाई पक्राउ गरेको थियो । २०५७ साल चैत्र १७ गते जेल ब्रेक गरेर उनी भाग्न सफल भएकी थिइन् ।

संगठनकै काममा गएको बेला प्रहरीको घेरावन्दीमा परेकी उनलाई चार दिन गोरखा हिरासतमा राखेर रातारात तनहूँ लगियो । तीन महिना पश्चात उनलाई तनहूँ अदालतमा लगियो । कालिका टायरको घटनाको बिषयमा वयान दिन लगाइयो । त्यस बखत कालिका टायरमा रहेको प्रहरीको सामान तत्कालिन नेकपा माओवादीले कब्जा गरेको थियो । सोही घटनाको वयान पश्चात अदालतले भुजेललाई तारिकमा छाड्यो । लगतै प्रहरीले फेरी पक्राउ गरेर गोरखा ल्यायो अनि हातहतियार खरखजाना मुद्धामा भुजेललाई कारागार चलान ग¥यो ।

पक्राउ परेदेखि नै भाग्ने अनेक उनका उपाय असफल बन्दै आए । अन्तत कारागारबाट सुरुङ खनेर भाग्ने योजना बन्यो । उनकै पार्टीका कमला नहर्की, रीता थापा, एन्जिला बिक, सञ्जु अर्याल र मिना मरहट्टाले उनलाई साथ दिए जो सोही कारागारमा थिए ।

१०० औ माओ दिवस मनाएर दिउँसो तीन बजेबाट सुरुङ खन्ने कामको सुरुवात गरे । खन्दै गरेको खाडल पुर्न कहिले ढाकाको तान बुन्ने भनेर बाँसले छोपे कहिले क्यारेमबोर्डले । कमला नहर्कीले सुरुङ खन्ने काम गर्थिन् । खनेको माटो लुकाउने जिम्मेवारी सञ्जु अर्यालको थियो । सेन्ट्री पोष्टको प्रहरी भुलाउने काम मिना मरहट्टा र रिताले गरिन् । यी सबै कामको संयोजन भुजेलले गर्थिन् ।

तीन महिनामा उनीहरुले सुरुङ तयार गरे र रातको एक बजे पालैपालो बाहिर निस्किए । मकैवारीमा घिस्रिदै लुक्दै अघि बढे । आवाज सुनेपछि प्रहरीले हवाइ फायर ग¥यो तर कैदीवन्दी भागेको प्रहरीले पत्तो पाएन । २२ औ जेल ब्रेक दिवसको सन्दर्भ पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भुजेललाई सम्मान समेत गरेको थियो । उनै भुजेल अहिले गोरखा २ का प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएकी छन् ।

उनीसँगै जेलब्रेक गरेर भागेकी कमला नहर्की पनि नेपाली कम्युनिष्ट पार्टी माओवादीबाट समानुपातिक तर्फ सिफारिस भएकी छन् ।

विप्लवबाट गोरखा १ मा भने कपिल भट्ट, अजीव पौडेल र बिष्णु रिजालको नाम सिफारिस भएको छ ।

बुधबार, माघ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.