आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । क्षेत्र नम्वर १ मा हरिराज अधिकारी र २ मा लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अधिकारी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रका उम्मेदवार थिए । नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई ३ हजार २१७ मतले पराजित गर्दै उनी निर्वाचित बनेका उनी अहिले पुनः सोही क्षेत्रबाट चुनाव लड्न लागेका हुन् ।
२०७९ को निर्वाचनमा क्षेत्र नम्वर २ बाट प्रचण्ड उठेर बिजयी भएका थिए । २०७४ सालको निर्वाचनमा भने नारायणकाजी श्रेष्ठ उठेका थिए, तर डा. बाबुराम भट्टराइसँग पराजित बने ।
आसन्न निर्वाचनमा प्रचण्ड रुकुम पुर्व र नारायणकाजी सर्लाही ३ बाट उठ्ने भएपछि गोरखा २ मा न्यौपानेले अवसर पाएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































