Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा १३ दलले दिए उम्मेदवारी, तीन स्वतन्त्र उम्मेदवार

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १३ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मंगलवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन् ।

Advertisement

नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाल र आम जनता पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

माथिका दलहरुमध्ये संयुक्त नागरिक पार्टीले क्षेत्र नम्वर १ मा मात्र उम्मेदवारी दर्ता गरेको छ भने आम जनता पार्टीको तर्फबाट क्षेत्र नम्वर २ मा मात्र उम्मेदवारी परेको छ ।

गोरखा १ मा कांग्रेसबाट प्रेमकुमारी खत्री, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने, रास्वपाबाट सुधन गुरुङ, प्रलोपबाट गोपालबाबु श्रेष्ठ, नेकपा (माओवादी) बाट बिष्णुप्रसाद रिजाल, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर, राप्रपाबाट केदारमणी खनाल, नेमकिपाबाट मनुकुमारी श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा, संयुक्त नागरिक पार्टीबाट जितबहादुर घले र नेशनल रिपब्लिक नेपालबाट आकाश राना मगरले उम्मेदवारी दिएका छन् ।

त्यस्तै गोरखा २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, एमालेबाट मिलन गुरुङ (चक्रे मिलन), रास्वपाबाट कविन्द्र बुर्लाकोटी, प्रलोपबाट बाबुराम भट्टराई, राप्रपाबाट कुलबहादुर बस्नेत, नेकपा (माओवादी) बाट टेकबहादुर प्रधान, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेमकिपाबाट रामशरण बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ र आम जनतापार्टीबाट कल्पना कुमालले उम्मेदवारी दर्ता गरेका छन् ।

तीन जना स्वतन्त्र उम्मेदवार

आसन्न निर्वाचनमा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गोरखा–१ बाट कविता भट्टराई र २ बाट चुडाप्रसाद ढकाल र हरि पोखरेलको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भट्टराई गोरखा नगरपालिका–१ की हुन् । ढकाल सिरानचोक गाउँपालिका वडा नम्वर २ का हुन् भने पोखरेल अजिरकोट गाउँपालिका–५ का हुन् ।

 

शुक्रबार, माघ १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.