Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

समाजसेवाको जगमा संसदको ढोका ढक्ढक्याउँदै खत्री

पर्यटन व्यवसायीको रुपमा परिचित उनी आफूलाई राजनीतिकभन्दा समाजसेवीको रुपमा चिनाउन रुचाउँछन् । राजनीति बिशुद्ध समाजसेवाका लागि हो भन्ने भाव उनमा छ । गोरखाको आरुघाट गाउँपालिका–८ आरुपोखरीका तिनै प्रेम खत्री आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ का उम्मेदवारहरुमध्ये एक हुन् । नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उनी अहिले मतदाता भेटघाटका लागि घरदैलो अभियानमा व्यस्त छन् ।

Advertisement

भीमोदय मावि आरुघाटबाट एलएलसी दिएसँगै उनी काठमाडौं झरे । नेपाल कमर्स क्याम्पस मिनिभवनबाट स्नातकोत्तर गरे । अध्ययनको दौरान उनी ट्रेकिङ मजदुरको रुपमा काम गर्न थाले । २३ बर्षको हुदाँ आफैले ट्रेकिङ व्यवसाय सुरु गरे । सफल पर्यटन व्यवसायीका रुपमा परिचित भइसकेको उनी सांसद बन्ने सपना लिएर चुनावमा होमिएका छन् ।

बिगत १६ बर्षदेखि व्यवसायिक र राजनीतिक यात्रालाई सँगै अघि बढाएको उनी दावी गर्छन् । ‘व्यवसाय र राजनीतिको यात्रा सँगसँगै जस्तो सुरु गरेको हुँ,’ उनले भने, ‘राजनीति अलि साइलेन्टमा रह्यो, व्यवसाय अलि प्रन्टमा आयो ।’ बिद्यार्थीकालदेखि नै नेविसंघमा संक्रिय रहँदै आएको बताउने उनी कांग्रेसको १२ औं महाधिवेशनमा केन्द्रको वित्त बिभाग सदस्य भए ।

१३ औं महाधिवेशनमा महाविधेशन प्रतिनिधी र १४ औं महाविधेशनमा महासमिति सदस्य बने । तर राजनीतिभन्दा व्यवसायसँगै समाजसेवामा उनी बढी अग्रसर रहे । ‘पहिलेदेखि नै गाउँमा केही न केही सहयोग गर्थे, काठमाडौंबाट गाउँ जाँदा सहयोगको नयाँ कोसेली लगेकै हुन्थे,’ उनले भने । बिद्यार्थीलाई न्यायो कपडादेखि बिभिन्न संघसंस्था तथा स्थानीय तहलाई एम्वुलेन्स वितरण कार्यमा समेत उनी अग्रसर रहदै आएका छन् ।
तर आफू एक्लैले गाउँको सबै समस्या समाधान गर्न नसक्ने उनले बुझे । अनि सो क्षेत्रको आवाज बुलन्द बनाउन संसद छिर्ने लक्ष्यसहित चुनावमा होमिए ।

त्यसो त उनी पहिलो पटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीको रुपमा यसअघि सांसद भइसकेका हरिराज अधिकारीदेखि जेनजी आन्दोलनका नेतृत्वकर्ता सुधन गुरुङसम्म छन् । अधिकारी नेकपाबाट चुनाव उठेका हुन् भने गुरुङ रास्वपाबाट । त्यस्तै अर्का प्रतिस्पर्धी एमालेका आरसी लामिछाने छन् ।

विगतका निर्वाचनलाई फर्केर हेर्ने हो भने सो क्षेत्रमा २०७४ सालमा माओवादीका हरिराज अधिकारी बिजयी भएका थिए । जो अहिले पनि उम्मेदवार छन् । एमालेसँगको चुनावी गठवन्धनमा उनी निर्वाचित भएका हुन् । २०७९ सालको निर्वाचनमा भने कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका थिए । तर माओवादीसँगको चुनावी तालमेलका कारण गोरखा–१ कांग्रेसले पाएको थियो भने गोरखा–२ माओवादीले । माओवादी केन्द्रबाट प्रचण्ड गोरखा–२ मा उठेर बिजयी भएका थिए । अहिले दलहरुबीच चुनावी गठवन्धन नभएका कारण पनि कसको सम्भावना कति भनेर सहजै आकलन गर्न सक्ने अवस्था छैन । मुख्यतया कांग्रेस, माओवादी, एमाले र रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

तर १६ बर्षको समाजसेवाको जग नै चुनाव जित्ने आधार रहेको उनी बताउँछन् । बदलिएको कांग्रेसको प्रतिनिधि भएकाले पनि जनताले मत दिनेमा उनी विश्वस्त छन् । ‘पुरानै स्थितीको काग्रेस भएको भए म भन्न सक्थिन, तर अहिले सुध्रिएको कांग्रेस छ, बदलिएको कांग्रेसको प्रतिनिधि भएकाले जनताले मत दिनुहुनेछ भन्नेमा म ढुक्क छु,’ उनले भने । आर्थिक हिसावले कुनै लोभलालच नभएको समेत उनले जिकिर गरे ।

शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.