प्रदेश अस्पताल गोरखाको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. शम्भु अधिकारीले पाएका छन् । कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट रुपमा कार्यरत अधिकारीले आइतवार पदभार ग्रहण गरेका हुन् ।
यसअघि मेसुको जिम्मेवारी पाएका डा. सिदार्थ खनाल अध्ययनको शिलशिलामा जिल्ला बाहिर रहनुपर्ने भएकाले अधिकारीलाई उक्त जिम्मेवारी दिइएको अस्पतालले जनाएको छ ।
गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका उनी बिगत तीन बर्षदेखि अस्पतालमा कार्यरत छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































