Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको बाह्र किलो–बारपाक सडक : लोहनी ब्रदर्शसँग ठेक्का तोडियो, अर्थले स्रोत सुनिश्चित नगर्दा अन्योल

आठ बर्षअघि सम्पन्न भइसक्नुपर्ने १२ किलो–बारपाक सडक स्तरोन्नतीको काम अझै सकिएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालिले जिम्मा लिएको खण्डमा काम अलपत्र छ ।

Advertisement

कुल ४६ किलोमिटर दुरीको उक्त सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको थियो । बाह्र किलोदेखि मसानेठाटीसम्म पहिलो खण्ड, निवेलदेखि अर्कुल दोस्रो खण्ड, अर्कुलदेखि वालुवा तेस्रो र वालुवादेखि वारपाकलाई चौथो खण्डमा राखिएको थियो । अन्य खण्डको काम सम्पन्न भएपनि लोहनी एण्ड ब्रदर्शले जिम्मा लिएको अर्कुलदेखि वालुवासम्मको तेस्रो खण्डको काम अलपत्र रहेको गोरखा सडक योजनाले जनाएको छ ।

कार्यालयका अनुसार आठ किलोमिटर दुरीको उक्त खण्डमा दुई बर्षभित्र काम सक्ने गरि २०७२ साल असार ३१ गते सम्झौता भएको थियो । पटक–पटक म्याद हुदाँ पनि काम नगरेपछि कार्यालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ‘आठौ पटक म्याद थप गर्दा पनि काम नगरेपछि हामीले १५ दिने सूचना निकालेर ठेक्का नतोड्नुको कारणसहित निर्माण कम्पनीसँग स्पष्टीकरण माग्यौ,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘तर निर्माण कम्पनी सम्पर्कमै आएन, अनि ठेक्का तोड्यौ ।’ कुल १२ करोड ९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

लोहनी ब्रदर्शसँग ठेक्का तोडेको कार्यालयले सो क्षेत्रमा नयाँ ठेक्का आव्हान गर्न सकेको छैन । अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित नहुदाँ प्रक्रिया अघि बढाउन नसकिएको कार्यालय प्रमुख पुनले बताए । ‘करिव २९ करोडको स्रोत सुनिश्चित गरिदिन भनेर हामीले बिभागलाई पत्राचार गरिसकेका छौ, तर अर्थ मन्त्रालयबाट सुनिश्चित भएर नआएका कारण काम अघि बढाउन सकेका छैनौ,’ पुनले भने ।

सो खण्डको यात्रा कठिन र जोखिमपूर्ण रहेको स्थानीयको गुनासो छ । स्तरोन्नतीका लागि उनीहरुले पटक पटक माग समेत राख्दै आएका छन् ।

बुधबार, चैत १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.