Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको फोटो प्रदर्शनी सुरु

गोरखा जिल्लामा विश्व सम्पदा सूचिमा समावेश भएका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरुको फोटो प्रदर्शनी सुरु भएको छ । हनुमानढोका दरवार संग्रहालयको आयोजना तथा गोरखा संग्रहालयको सहआयोजनामा शनिवारबाट प्रदर्शनी सुरु भएको हो ।

Advertisement

गोरखा संग्रहालय परिसरमा भएको प्रदर्शनीमा विश्व सम्पदा सूचिमा समावेश भएका र सम्भावित रहेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानहरुको फोटो राखिएको हुनमानढोका दरवार संग्रहालय प्रमुख काजिमान प्याकुरेलले बताए । ‘हनुमानढोका दरवारका केही दुर्लभ फोटोहरु, विश्व सम्पदा सूचिमा समावेश भएका काठमाडौंका पुरातात्विक र धार्मिक महत्वका स्थान र गोरखा, कपिलवस्तु लगायतका सम्पदा सूचिका सम्भावित स्थानहरुको फोटो प्रदर्शनका लागि राखेका छौ,’ उनले भने ।

संग्रहालय र विश्व सम्पदाको महत्वबारे जनचेतना फैलाउने उदेश्यले विगत केही बर्षदेखि यस्ता कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । जिल्लामा भएको प्रदर्शनीले गोरखा काठमाडौंसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा समेत उनको छ ।

‘गोरखा र काठमाडौंको सम्वन्ध पृथ्वीनारायण शाहभन्दा पनि अघि देखिको हो । लिच्छिवी कालदेखि नै यो सम्बन्ध पाइन्छ,’ उनले भने, ‘सांस्कृतिक सम्बन्धलाई नबिग्रने गरी हिजो टुटे फुटेका इतिहासका श्रृंखलालाई जोड्ने प्रयास पनि हो ।’

प्रदर्शनी एक हप्तासम्म चल्ने बताइएको छ । ५० भन्दा बढी फोटो प्रदर्शनीका लागि राखिएको गोरखा संग्रहालय प्रमुख जयनारायण कार्कीले बताए । पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पुग्ने उनको अपेक्षा छ ।

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.