उत्तरी गोरखा र तिब्बतको सिमा क्षेत्रमा संयुक्त अनुगमन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी र स्थानीयवासीले वुधवार रुइला नाका र त्यहाँको सिमा स्तम्भको निरीक्षण तथा अनुगमन गरेका हुन् ।
चुमनुब्री गाउँपालिका १ साम्दोमा रहेको बोर्डर आउटपोस्ट(बिओपी) इन्चार्ज आकाश सुचिकारको नेतृत्वमा १० जनाको टोलि, सामागाउँ प्रहरी चौकीबाट दुई जना प्रहरी, वडा सदस्य पासाङ लामा, स्थानीय लगायतको टोलि अनुगमनमा सहभागी थियो ।
लङ रुट पेट्रोलिङ कार्यक्रम अन्तर्गत सिमा क्षेत्रको अनुगमन गरिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































