Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको पालुङटार र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

"संयुक्त लगानीमा मैत्रीपूर्ण पार्क बन्ने "

गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दिगो बिकासका विविध क्षेत्रमा अनुभव आदान प्रदान गर्दै आपसी सहकार्य गर्ने उदेश्यले सम्बन्ध स्थापना गरिएको बताइएको छ ।

Advertisement

सोमवार एक कार्यक्रमकाबीच दुवै नगरपालिकाका मेयरले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार बिकास, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक बिकास लगायतका क्षेत्रमा आपसी सहकार्य गर्दै प्राविधिक सहयोगलाई संस्थागत रुपमा अघि बढाउने सहमति भएको पानपाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

‘जनप्रतिनिधि तथा कर्मचारीहरुको अध्ययन भ्रमण, सफल अभ्यास आदान प्रदान तथा निजी क्षेत्रबीचको सहकार्य बिस्तार गर्ने बिषयमा समेत समझदारी भएको छ,’ उनले भने । पानपा वडा नम्वर ५ चारकुने बगैचामा दुवै नगरपालिकाको सहलगानीमा टोखा–पालुङटार खुला व्यायामशालासहितको मैत्रीपूर्ण पार्क समेत निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लागत सहभागीता गर्ने उनीहरुले सहमति गरेका छन् ।

कार्यक्रममा बोल्दै पानपाका मेयर विवश चिन्तनले पालुङटार नगरको रैथाने कृषि उत्पादनलाई टोखामा बजारीकरण गर्ने बताए । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने धारणा राखे ।

भगिनी सम्बन्ध स्थापनाले जनस्तरको आपसी सम्बन्ध बिस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने र साझा बिकास तथा समृद्धिको यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

सोमबार, असार १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.