मुग्लिन पुलबाट हाम फालेर आत्महत्याको प्रयास गर्न खोजेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । वुधवार करिव साढे ११ बजे पुलको लठ्ठामा चढेर हाम फाल्न खोजेका अन्दाजी ३२ बर्षीय पुरुषको प्रहरीले उद्धार गरेको हो ।
‘मुग्लिन पुलको पिल्लरमा चढी पिल्लरबाट जोडिएको फलामको लठ्ठाबाट हाम फाल्न खोजेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय तनहूँका डिएसपी द्धारिकाप्रसाद घिमिरेले भने, ‘स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदिप सुवेदीको कमाण्डमा टोलि खटाइयो ।’
उक्त टोलिले सम्झाइ बुझाइ गरी पुरुषको उद्धार गरेको घिमिरेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































