Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा सदरमुकाममा फुटपाथ निर्माणको कामले लियो गति

जिल्ला सदरमुकामस्थित गोरखा बसपार्कदेखि खोलखोलेसम्म फुटपाथ निर्माणको कामले तिव्रता पाएको छ । यसअघि बसपार्क क्षेत्रमा फुटपाथ निर्माण सम्पन्न भैसकेकोमा हाल खोलखोलेदेखि हरमटारी खण्डको काम सुरु भएको हो ।

Advertisement

खोलखोलेदेखि हरमटारी क्षेत्रमा संरचनाहरु हटाउने कामसँगै रिटेनिङ् वाल (पर्खाल) निर्माणको काम सुरु भएको गोरखा नगरपालिकाले जनाएको छ । सदरमुकामको खोलखोलेदेखि बसपार्कसम्म सडकको दुवैतर्फ फुटपाथ निर्माणको कामलाई बहुवर्षीय योजनाको रुपमा अघि सारेर धमाधम काम भैरहेको नगरपालिका इन्जिनियर प्रकाश ढकालले बताए ।

जसअन्तरगत आगामि आर्थिक वर्ष खोलखोलेदेखि हरमटारीसम्मको ९०० मिटर सडकमा दायाँ र बाँया फुटपाथ निर्माणसहित सडक स्तरोन्नति गरिने उनले जानकारी दिए । खोलखोलेदेखि बसपार्कसम्म सडकको दुवैतर्फ फुटपाथ निर्माणका काम गत आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको थियो । गोरखा नगरपालिकाले बहुवर्षीय योजनाका रुपमा यसलाई अगाडि बढाएको छ ।

योजनाअन्तरगत गत आव बसपार्कदेखि शक्तिचोकसम्मको २२० मिटर सडकमा फुटपाथ निर्माणसहित सडक स्तरोन्नतिको काम सम्पन्न भैसकेको इन्जिनियर ढकालले बताएका छन् । उनका अनुसार गतवर्ष फुटपाथ निर्माणका लागि गोरखा सडक योजनाले एक करोड ७१ लाख र गोरखा नगरपालिकाले एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

नगरपालिका र गोरखा सडक योजनाले सडकको दायाँ र बायाँ कार्य विभाजन गरेर योजना संचालन गरेको थियो । आगामि वर्ष देखिको काम भने गोरखा नगरपालिकाले मात्र संचालन गर्ने उनको भनाइ छ ।

खोलखोलेदेखि हरमटारीसम्म दुवैतर्फ फुटपाथ निर्माणको काम सम्पन्न भएसँगै हरमटारीदेखि बिसौनीमोड खण्डको काम सुरु गर्ने गोरखा नगरपालिकाले जनाएको छ । खोलखोलेदेखि बसपार्कसम्म फुटपाथ निर्माणका लागि नगरपालिकाले करिब आठ करोड बजेट बिनियोजन गरेर काम अघि बढाएको हो ।

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.