Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको क्रोनिक योजनामध्येको दरौंदी खोला मोटरेबल पुल सम्पन्न

क्रोनिक योजनाको रुपमा रहेको दरौंदी खोला मोटरेवल पुलको निर्माण कार्य सम्पन्न भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने उक्त पुलको आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।

Advertisement

नयाँसाघुँ नारेश्वर हुदै गोरखा जोड्ने सडकखण्डमा रहेको उक्त पुलको कुल लम्वाई ७८ मिटर र चौडाई ८.४ मिटर रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । १५ करोड ६० लाखमा निर्माण भएको उक्त पुल स्टिल ट्रष्ट किसिमको रहेको कार्यालय प्रमुख सन्तोष अर्यालले बताए ।

उनका अनुसार पुल निर्माणका लागि एलिट कन्स्ट्रक्सन कम्पनीसँग २०७८ साल असार ७ गते सम्झौता भएको थियो । गत बर्षको असार महिनामै सम्पन्न हुनुपर्ने भएपनि काममा ढिलाइ भएको उनले जानकारी दिए ।

‘२०८२ साल असार महिनामै पुलको काम सक्नुपर्ने थियो,’ अर्यालले भने, ‘काममा ढिलाई भएर दुई पटक म्याथ थप ग¥यौ ।’ उक्त पुलबाट सिरानचोक, बारपाक सुलिकोट, अजिरकोट र गोरखा नगरपालिकाका स्थानीय बढी लाभान्वित हुने बताइएको छ ।

पुल उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री पाण्डेले नयाँसाघुँबाट गोरखा सदरमुकाम जाने सबैभन्दा छोटो सडक भएकाले पुल निर्माणबाट धेरै लाभ लिन सकिने बताए । सडक स्तरोन्नती आवश्यक रहेको भन्दै त्यसका लागि पनि बजेट विनियोजन गर्ने उनले जानकारी गराए । ‘पुल त बन्यो अव सडक स्तरोन्नती गर्नुपर्ने रहेछ,’ उनले भने, ‘आगामी बर्ष मैले बजेट बनाउन पाए भने यसका लागि पनि रकम छुट्याउछु ।’

शनिवार निर्धारित समय अगावै सम्पन्न दुई मोटरेवल पुलको उद्घाटन गरेका मुख्यमन्त्री पाण्डेले आइतवार भने समयमै काम सम्पन्न नभएर क्रोनिक बनेको योजनाको उद्घाटन गरेका हुन् ।

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.