अविरल बर्षाका कारण गएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक घर बगाएको छ । सोमवार बिहान स्थानीय मानसिङ गुरुङको तीन तले पक्की घर जगबाट करिव २० मिटर तल बगाएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परी सोही घरमा डेरा गरी बस्ने रौतहटका टोखान महतो घाइते छन् । उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको डिएसपी राजकुमार श्रेष्ठले बताए । घर पहिरिदाँ सँगै रहेको कृष्णदेव महतोको चार तले पक्की घरमा पनि आंशिक क्षति पुगेको उनले जानकारी दिए ।
यता शहिद लखन गाउँपालिका–७ बुंकोट काहुलेभंगारका कृष्णबहादुर आलेको घरको आँगन बगाएको छ । अविरल बर्षाका कारण सोमवार बिहान पहिरोले आगन बगाउँदा घर र गोठ दुवै उच्च जोखिममा रहेको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































