Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

मनकामना मन्दिरमा भक्तजनका लागि स्वास्थ्य सहायता कक्ष स्थापना

मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले मन्दिर परिसरमै प्राथमिक स्वास्थ्य उपचार सेवा पाउने भएका छन् । मनकामना क्षेत्र बिकास समिति र शहिद लखन गाउँपालिकाको संयुक्त साझेदारीमा स्वास्थ्य सहायता कक्ष स्थापना भएको छ ।

Advertisement

इसिजीसम्मको प्राथमिक उपचार उपलब्ध गराउने उदेश्यले स्थापना भएको कक्षको वुधवार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष रमेश थापाले एक कार्यक्रमकाबीच कक्षको उद्घाटन गरेका हुन् । मन्दिर दर्शनका लागि लाइन बस्ने भक्तजनहरुमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै कक्ष स्थापना गरिएको मनकामना क्षेत्र बिकास समिति कार्यकारी निर्देशक अन्जन बस्न्यातले बताए ।

‘बार्षिक लाखौ भक्तजनहरु मनकामना दर्शन गर्न आउनुहुन्छ,’ उनले भने, ‘निरहार लाइनमा बस्दा स्वास्थ्य समस्या भई मृत्यु समेत हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै कक्ष स्थापना गरेका हौ ।’

उक्त कक्षमा स्थानीय वृद्ध तथा अशक्तहरुको आकस्मिक उपचार समेत हुने उनले जानकारी दिए । कक्षका लागि आवश्यक जनशक्ति पालिकाले उपलब्ध गराउने छ । अन्य व्यवस्थापनको जिम्मा समितिको रहने छ । कक्षका लागि मेडिकल सामग्री मनकामना दर्शन प्रालिले सहयोग गरेको छ भने कक्ष संचालनका लागि मासिक रुपमा केही खर्च व्यवस्थापन गर्ने मन्दिर मूल पुजारी इन्सान थापा मगरले प्रतिवद्धता जनाएका छन् ।

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.