रसुवामा आएको बाढीबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि त्रिशुली नदीको तटीय क्षेत्र छाड्न आग्रह गरिएको छ ।
वुधवार जिल्ला प्रशासन कार्यालय र गण्डकी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोवास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।
सो क्षेत्रमा बसोवास गर्ने र सम्बन्धित यात्रुहरुलाई बिशेष सतर्कता अपनाउन समेत भनिएको छ । तटीय क्षेत्र आसपास संचालित तथा निर्माणाधिन आयोजनाहरु तथा कार्यालयमा आवश्यक पूर्वतयारी तथा उच्च सावधानी अपनाउन समेत भनिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































