गोरखाको पालुङटारबाट तिर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ । बुधवार बिहान पालुङटार नगरपालिका वडा नम्वर ४ र ५ का तिर्थयात्री बोकेर गोसाइकुण्ड गएको ग २ ख ११५२ नम्वरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डिएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु सवार थिए । उनीहरुमध्ये ३४ जना सम्पर्कविहीन रहेको उनले बताए । ‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए,’ उनले भने, ‘बाँकी सम्पर्कमा छैनन् ।’
बससँगै गएको दुई वटा माइक्रो भने सम्पर्कमा रहेको डिएसपी श्रेष्ठले जानकारी दिए । उक्त माइक्रोमा कुल २६ जना यात्रु सवार थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































