रसुवा बाढीमा परी सम्पर्कविहीन बनेका जिल्लावासीहरुको तथ्याङ्क संकलन थालिएको छ । स्थानीय तहसँगको समन्वयमा तथ्याङ्क संकलनको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
उनका अनुसार हालसम्म पालुङटार नगरपालिकाका ३० जना भन्दा बढी सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ । शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकाका ६/६ जना सम्पर्कविहीन भएको तथ्याङ्क सम्बन्धित स्थानीय तहबाट प्राप्त भएको उनले जानकारी दिए ।
‘धार्चे र आरुघाट गाउँपालिकाका ३/३ जना सम्पर्कविहीन छन्,’ सहायक प्रजिअ शर्माले भने, ‘अजिरकोट गाउँपालिकाका एक जना पनि सम्पर्कमा नरहेको भन्ने छ ।’ सम्पर्कविहीनहरुको खोजिका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए ।
विपदबाट भएको मानविय र पशुपंक्षी क्षतिबाट फैलन सक्ने संक्रमणलाई समेत मध्यनजर गर्दै जिल्लामा सतर्कता अपनाइएको उनले जानकारी दिए ।



































