पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौ सडक संचालनका लागि कृष्णभिरमा नयाँ ट्रयाक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्रयाक खोल्ने काम सुरु भएको मलेखु मुग्लिन सडक योजनाले जनाएको छ ।
‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोही अनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु ग¥यौ ।’ पहिरो नियन्त्रणका लागि लगाइएको ग्याविन वाल समेत आवश्यक ठाउँमा निकाल्ने काम भइरहेको उनले बताइन् ।
उनका अनुसार भोली शुक्रवारबाट मेसिनले ट्रयाक खन्ने काम गर्छ । ‘आज दिनभर रुख काट्ने काम भयो, भोलिबाट मेसिन लगाएर ट्रयाक खोल्ने काम सुरु हुन्छ,’ उनले भनिन् । भदौ महिनाभित्रै सडक संचालन गर्ने तयारीका साथ काम अघि बढाइएको उनले बताइन् ।
‘जतिसक्दो छिटो काम सक्ने तयारीमा छौ, नयाँ बाटो खन्दा भित्तामा कत्तिको रक भेटिन्छ त्यसमा पनि भर पर्छ,’ उनले भनिन् । कृष्णभिरमा गएको पहिरोका कारण विगत पाँच दिनदेखि मुग्लिन–काठमाडौ सडक पूर्ण रुपमा अवरुद्ध छ ।
गत आइतवार त्रिशुली नदीमा आएको बाढीका कारण पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।



































