Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

पालुङटार नगरपालिकाले सुरु ग¥यो भूमि व्यवस्थापन सेवा

पालुङटार नगरवासीले अव पालिकाबाटै भूमि सम्बन्धी सेवा पाउने भएका छन् । नगरपालिकाले शुक्रवारबाट भूमि व्यवस्थापन सेवा सुरु गरेसँगै नगरवासीलाई नापी र मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । शुक्रबार वडा नम्वर ३ की पम्फा अधिकारीलाई लालपुर्जा वितरण गरेर सेवाको शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

Advertisement

जग्गाको लालपुर्जा, अंशवण्डा, अंश भरपाई, घर कायम, कित्ता एकीकरण, नामसारी, कित्ताकाट, घरजग्गा रोक्का तथा फुकुवा लगायतका सेवा अव पालिकाबाटै उपलब्ध हुने उनले जानकारी दिए ।

‘भूमि प्रशासन सम्बन्धी सेवा संचालनका लागि पहिलो चरणमा देशभरबाट पालुङटारसहित ३५ वटा नगरपालिका छनोट भएको हो,’ उनले भने, ‘सोही अन्तरगत आजबाट सेवा सुभारम्भ गरेका हौ ।’ पालुङटार भूमि व्यवस्थापन सम्बन्धी सेवा सुरु गर्ने गण्डकी प्रदेशको दोस्रो तथा गोरखाको पहिलो नगरपालिका रहेको उनले बताए ।

नापी र मालपोतबाट प्रवाह हुने अधिकांश सेवा अव पालिकाको भूमि व्यवस्थापन शाखाबाट प्रवाह हुने उनको भनाइ छ । उनका अनुसार सेवा प्रवाहका लागि एक जना नापी अधिकृत करारमा राखिएको छ भने बाँकी कर्मचारी नगरपालिकाकै बिभिन्न शाखाबाट खटाइएको छ ।

‘अहिले डिजिटलाईज भएका कागजातको मात्र यहाँबाट सेवा प्रवाह हुन्छ, अनलाइन इन्ट्री नभएकाहरुको कामका लागि नापी वा मालपोत धाउनुपर्छ,’ उनले भने । नापी र मालपोतबाट श्रेस्ता तथा लगत हस्तान्तरण भएपछि सबै सेवा पालिकाबाटै दिन सकिने उनले बताए ।
कर्मचारी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा चुनौती रहेको उनको भनाइ छ ।

‘प्रदेश लोकसेवाबाट पदपूर्ति गर्न पनि बाटो खुलेको छैन, संघले पनि काजमा कर्मचारी नखटाउँदा जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहमा चुनौती रहेको उनले जिकिर गरे ।

 

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.