गोरखामा सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार सिरानचोक गाउँपालिका ७ अर्कुलमा भएको सवारी दुर्घटनामा पालुङटार नगरपालिका–१ खोप्लाङका अनिल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाह्रकिलोबाट बारपाकतर्फ जाँदै गरेको ग १ ख ६३८९ नम्वरको मालबाहक मिनीट्रकले बिपरीत दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२–०३५ प ०९८६ नंबरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक २९ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको डिएसपी राजकुमार श्रेष्ठले बताए ।
ट्रक र चालक नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































