गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम एवं बजेट ल्याइसकेको छ । दशौ नगरसभाले त्यसलाई पारित समेत गरिसक्यो । चालु आर्थिक बर्ष नगर क्षेत्रको बिकासका लागी कस्ता योजनाहरु समेटिए, कस्ता योजना प्राथमिकतामा परे र गोरखा नगरबारे नवनिर्वाचित मेयरको भिजन के छ भन्ने लगायतका बिषयमा केन्द्रित रहेर हामीले गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरसँग गरिएको कुराकानी :
आराम हुनुहुन्छ ?
आराम छु ।
मेयर भएपछिको दिनचर्या कस्तो चल्दै छ ?
सामाजिक जीवन । (हाँस्दै)..अरु के हुन सक्छ र ! घरपरिवारभन्दा बाहिर अव समाजको निम्ति सामाजिक परिवर्तन गर्न भनेर लागेको मान्छे अरु सोच्ने कुरा भएन । सामाजिक मान्छे भएपछि सामाजिक काममै व्यस्त ।
उद्घाटन र भाषणमै रमाईरहनु भएको त छैन नी ?
समय मिलाएर साथीहरुले बोलाउनु भएको ठाउँमा त जानै प¥यो । कार्यक्रममा गएर आफ्नो बिचार राखिदिनुपर्ने हुन्छ । बिचार नराखे त बिभन्नि संघसंस्था र सबै ठाउँले कसरी थाहा पाउने र ! तर नीति तथा कार्यक्रम अनुसार आफ्नो काम र योजना पनि सँगै अघि बढाइरहेको छु ।
सबै कार्यक्रममा मेयर आए हुन्थ्यो भनेर अपेक्षा गर्छन् । कार्यक्रम छनोट गरेर जानुहुन्छ की बोलाइ हाल्यो गैहालुम भन्ने हुन्छ ?
त्यस्तोमा पनि बोलाउनु भएको छैन । जनतासँग भेटघाट गर्न म आफै कार्यक्रम बनाएर जाने गरेको छु । यहाँ भएको संघसंस्था, सरकारी एवं गैरसरकारी कार्यालयको कार्यक्रममा सकेसम्म जाने कोसिस गरेको छु । अझै केही ठाउँमा पुग्न भ्याएको छैन ।
आर्थिक बर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेट पनि ल्याइसक्नुभयो । अघिल्ला बर्षहरुकै साभार हो की यस बर्ष केही नयाँ योजनाहरु पनि छन् ?
कतिपय कुरा त पुरानालाई पनि निरन्तरता दिनुप¥यो । केही योजना नयाँ पनि छन् । वडा नम्वर ११ मा पाइलोटिङको रुपमा नयाँ योजना कार्यान्वयन गर्न लागेका छौ । ५० जना बेरोजगार मानिसहरु जम्मा गरेर पाँच समूहमा बिभाजन गर्छाै । उनीहरुलाइ पाँच ठाउँबाट काम सुरुवात गराउछौ । उहाहरुलाई निश्चित आधार बनाएर मासिक तलव दिन्छौ ।
उहाहरुले बर्षभरी वडामा हुने बिकास निर्माणका काम गर्ने त्यो एउटा कार्यक्रम भयो । त्यही भित्र पनि त्यो वडामा रहेको दुई वटा बिद्यालयको चार वटा कोठा लिन्छौ । २ देखि ४ बर्षसम्मका बालबच्चा भएका आमाहरुलाई त्यहाँ जम्मा गर्छाै र उनीहरुको स्याहार सम्हारका लागी केही महिलाहरु खटाउछौ । सम्भव भएसम्म आमाहरुलाई पनि त्यही काममा खटाउछौ । त्यो योजनाका लागी नगरपालिका ले एक करोड र थप एक करोड वडा आफैले हाल्ने भन्ने छ ।
अर्काे वडा नम्वर १० दरौदी स्थित ठुटेबजारमा ताल बनाउने योजना छ । बहुउदेश्यीय हिसावले पालुङटार र गोरखा नगरपालिकाका दुई फाटलाई सिंचाइ गर्ने र बनेको तालमा पर्यटकीय हिसावले होटलहरु संचालन गर्ने, बोटिङ गर्ने भन्ने हो । दरौदीले बगाएर ल्याएको वालुवा त्यहा थेग्रिने र आवश्यक नदीजन्य पदार्थ गोरखा नगरपालिकाले त्यही बाट झिक्ने भन्ने छ । अहिले एक करोड रकम छुट्याएको छौ सुरुवातका लागी भनेर । त्यतिले पुग्दैन करिव ५० करोड लाग्छ । त्यसका लागी लगानीकर्ता पनि खोजिरहेका छौ ।
पर्यटन प्रवद्र्धनका लागी दशैको फुलपाती दिनबाट राजा पृथ्वी नारायण शाह कालिन पोशाकमा सेनाको परेड शुरु गर्ने योजना बनाएका छौ । गोरखा दरवारमा साँझ बिगुल बजेपछि ठुलोआँगनमा सेनाको परेड हुन्छ । त्यो हेर्नका लागी भएपनि मानिसहरु एक दिन गोरखा बसाइ लम्व्याउन सक्छन् भन्ने अपेक्षा हो ।
वडा नम्वर ११ मा नमूना पूर्वाधार बिकास तथा रोजगार प्रवर्दन कार्यक्रमका लागी एक करोड रकम विनियोजन गरेको भन्नुभयो । त्यो कार्यक्रम त्यही वडामा नै किन ? त्यहाँ बेरोजगारको संख्या धेरै भएर हो ? वा पार्टी निकट वडाध्यक्ष भएर ?
त्यो अलि सानो साइजको वडा छ । त्यहा दरौदी फाँटमा काम गर्ने श्रमजिवी धेरै छन् भन्ने लाग्यो । शुरुमा त्यहाँ टूायल गरौ भन्ने हो । टूायलमै असफल भइयो भने बर्वाद हुन्छ त्यसैले यही ट्रायल गर्न ठिक हुन्छ भन्ने लाग्यो ।
नगरको १४ वटै वडामा रकम बाँडफाँटमा भेदभाव भयो भन्ने गुनासो छ नी ?
जनताले हेर्दा आफ्नो योजना सबै महत्व देख्छन्, तर माथिबाट हेर्दा कुन प्राथमिकता हो भन्ने थाहा हुन्छ । मैले मेरै घरअगाडीको सबैभन्दा पहिला हुनुपर्छ भन्ने बुझेको हुन्छु, अरुले हेर्दा उनीहरुकै घर अगाडीको पहिला भन्ने हुन्छ, प्राइरिटी बेसको आधारमा हेर्दा भिन्न देखिन्छ । त्यसमै गुनासो हो । क्रमश सबैलाई समेट्छौ ।
छेवेटारको नीजि अस्पतालाई रकम विनियोजन भयो भनेर चर्काे बिरोध भइरहेको छ नी !
यसअघि पनि त्यहाँ रकम विनियोजन भएको रहेछ । कोभिडको समयमा पनि काम गरेको र त्यो क्षेत्रमा अस्पताल पनि नभएकाले तल्लो वेल्टमा त्यो अस्पतालले सेवा पु¥याओस् भनेर रकम विनियोजन गरेका हौ । अगाडी कस्तो भएको थियो त्यो पनि जानकारी लिन्छौ र त्यो रकमले जनताको सेवामा के काम गर्छन् त्यो नि हेर्छाै । त्यहाँ बजेट हाल्दैमा खत्तम भयो भन्ने होइन । काम हेर्न बाँकी नै छ ।
गोरखा बजारको फुटपाथलाई व्यवस्थित गर्ने भन्ने योजना पनि रहेछ ? योजनामात्र हो की कार्यान्वयन पनि हुन्छ ?
फुटपाथ पहिले देखि समस्या हो । फुटपाथ मात्र होइन २५ मिटर सडककै समस्या छ । बजार अघि साँघुरो छ । बिस्तारै वर्कशपलाई एकातिर केन्द्रिकृत गरेर अघि बढ्छौ । अरु पनि योजना छन् । सबैलाई व्यवस्थापन गर्दै लगेपछि समस्या हल हुन्छ ।
तपाईको भिजन र योजनामा गोरखा नगर कस्तो हुनेछ ?
लागेको त पाँच बर्षमा पर्यटनको आधारभूत कुरा तयार भएको हुन्छ । धेरै किसानहरु व्यवसायिक भइसकेका हुनेछन् । पर्यटनलाई सपोर्ट गर्ने खालका घरेलु उपजहरु यही उत्पादन हुनेछन् । स्वच्छ, हराभरा, कृषिमा व्यवसायिकरण र पर्यटकीय शहर परिकल्पना गरेको हो । पाँच बर्षपछि कम्तिमा त्यसका केही आधारहरु तयार भइसक्छन् ।
अन्त्यमा. . .
हातमा हात मिलाएर काधमा काध मिलाएर हाम्रो नगर हामी आफै बनाउ । एकतावद्ध भएर सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरौ । नगरले मात्र गर्छु भनेर हुदै सबै एकतावद्ध भएर अघि बढ्नुपर्छ । यसका लागी सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गर्छु ।



































