Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

‘गोरखाको एक सय वटा बिद्यालयमा पुस्तकालय स्थापना गर्छाै’

बालबालिकाहरुमा आधारभूत साक्षरता सीप बिकास गर्दै जीवनउपयोगी र महत्वपूर्ण निर्णय लिन सक्षम बनाउने उदेश्यका साथ गोरखामा ‘रुम टु रिड’ नामक संस्थाले साक्षरता र बालिका शिक्षा कार्यक्रम संचालन गरिरहेको छ । गोरखाका आठ स्थानीय तहका एक सय वटा सामुदायिक बिद्यालयमा यो कार्यक्रम लागू भएको छ । स्थानीय साझेदारी संस्था एकीकरण नेपाल मार्फत गोरखामा लागू भएको यो कार्यक्रम कस्तो हो ? र यसको उदेश्य के हो ? लगायतका बिषयमा ‘रुम टु रिड’ का बरिष्ठ कार्यक्रम प्रवन्धक शुशिल तिम्सिनासँग गरिएको कुराकानी :

Advertisement

‘रुम टु रिड’ भनेको के हो ?

‘रुम टु रिड’ भनेको शिक्षित बालबालिकाहरुबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ भन्ने मान्यता राख्ने एक अन्तराष्ट्रिय गैरसरकारी संस्था हो ।

यसले के गर्छ ?

यसले नेपाल लगायतका २१ वटा विकासोन्मुख देशका प्रारम्भिक तहका बालबालिका हरुमा आधारभूत साक्षरता सीप विकास गर्न र पढ्ने बानीको विकास गर्न सहयोग गर्छ र गर्दै आइरहेको पनि छ । त्यस्तै, बालिकालाई विभिन्न जीवनउपयोगी र महत्वपूर्ण निर्णय लिन आवश्यक सिप सहित माध्यमिक तहको शिक्षा हासील गर्न पनि सहयोग गर्दै आएको छ ।

बालबालिकामा आधारभूत साक्षरता सीप तथा जीवन उपयोगी सीप भन्नाले ?

नेपाल सरकारले शिक्षामा वार्षिक अरबौ रुपैया खर्च गरिरहेको छ । शिक्षा क्षेत्रमै काम गर्न दुई दर्जन भन्दा बढी गैरसरकारी संस्थाहरुपनि सक्रिय छन् । तर उपलब्धीहरु खासै देखिएका छन् । जस्तो, कक्षा १–५ को खुद भर्ना दर ९७.२ प्रतिशत पुगेको छ । १५ देखि २४ बर्ष उमेर समुहको साक्षरता दर ९२ प्रतिशत पुगेको छ । यसले के देखाउछ भने अब निकै कम मात्र विद्यार्थीहरु विद्यालय बाहिर छन् ।

अर्को तर्फ विद्यालयमा आउने विद्यार्थीहरुले सिक्नु पर्ने कुरा सिकेका छन् त भन्दा ? अध्ययनले विद्यार्थीहरुले अपेक्षा गरे अनुसार सिकेको देखाउदैन । उदाहरणका लागि शैक्षिक गुणस्तर मापद केन्द्र ९भ्च्इ० ले सन् २०२० मा गरेको एक अध्ययन अनुसार कक्षा ३ मा पुगेका १० प्रतिशत नानीबाबुहरुले साँवा अक्षर समेत पढ्न सक्दैनन् ।

प्रारम्भिक कक्षामा सिक्नुपर्ने आधारभूत साक्षरता सीप नै नसिकी कक्षा उन्नती हुदै गएका विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन सकिदैन । तथ्यांकले पनि त्यही नै देखाउछ । कक्षा १ मा भर्ना भएका विद्यार्थीहरु मध्ये करिब ४० प्रतिशत विद्यार्थी हरुमात्र कक्षा १० मा पुग्ने गरेका छन् । अतः प्रारम्भिक कक्षामा सिक्नुपर्ने आधारभूत साक्षरता सीप सिकेर मात्र कक्षा उन्नती गरुन् भन्ने हेतुले संचालन भएको कार्यक्रम हो, साक्षरता कार्यव्रmम । यस कार्यक्रम अन्तरगत शिक्षकको पेशागत क्षमता विकास, कक्षाकोठा व्यवस्थापन, गुणस्तरिय पठन सामग्री सहयोग, पुस्तकालय सहयोग लगायत पर्छन् ।

अर्को तर्फ, बालिकाहरु किशोरावस्थामा पुग्दा उनीहरुमा विभिन्न शारिरीक परिवर्तन हुन्छन् । यही बेला उनीहरुमा मासिक चक्र शुरु हुन्छ । यि सबै कुरा व्यवस्थापन गर्न नसक्दा उनीहरुले विद्यालय छोड्ने, उमेर नपुगी विवाह गर्ने, कुलतमा लाग्ने आदि समस्या देखा पर्ने गरेको पाइन्छ । यसलाई रोक्नका लागि बालिकाहरुलाई जीवन उपयोगी सीपका सत्र संचालन गर्न र मेन्टोरिङ मार्फत जीवनका महत्वपूर्ण निर्णय लिन सहयोग गर्ने कार्यक्रम हो बालिका शिक्षा कार्यक्रम ।

गोरखामा कहाँ र कसरी लागू भएको छ यो कार्यक्रम ?

स्थानीय साझेदार संस्था एकिकरण नेपाल मार्फत गोरखाको चुमनुव्री, धार्चे र आरुघाट वाहेक अन्य आठ वटा स्थानीय तहको एक सय वटा सामुदायिक विद्यालयहरुमा यो साक्षरता कार्यक्रम संचालन गरिरहेका छौ । यीमध्ये १४ माध्यमिक विद्यालयमा बालिका शिक्षा कार्यक्रम पनि संचालन गरिरहेका छौ ।

के आधारमा कसरी बिद्यालय छनोट गर्नुभयो ?

सम्बन्धित स्थानीय तहहरु सँगको समन्वय र सल्लाह सुझाव अनुसार बिद्यालय छनोट गरिएको हो । कार्यव्रmम संचालनका लागि स्थानीय तहहरुसँग सम्झौता समेत गरिएको छ । उक्त सम्झौतामा विद्यालय छनौटका आधारहरु समेत उल्लेख गरिएको र तिनै आधारमा विद्यालय छनोट गरिएको हो । रुम टु रिड नामक संस्थाले स्थानीय समुदाय, सरकार तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल स्थानीय संस्थाहरुको सहकार्यमा काम गर्ने गर्छ ।

कहिले देखि लागू भएको र कहिले सम्म चल्छ यो कार्यक्रम ?

यो कार्यक्रम सन् २०२२ देखि गोरखामा लागू भएको हो । साक्षरता कार्यक्रम कुनै पनि विद्यालयमा शुरु गरी चार बर्षको अविधि पुरा भएपछि सम्बन्धि विद्यालयलाइ हस्तान्तरण गरिन्छ । बालिका शिक्षा कार्यक्रमको अवधी ९ बर्षको हो ।

गोरखाका सामुदायिक विद्यालयहरुमा कार्यक्रम संचालन गरिरहँदा, यहाँका विद्यालयहरुमा पुस्तकालयको अवस्था कस्तो पाउनु भएको छ ?

नेपाल सरकारको नीति अनुसार स्थानीय सरकारहरुले हरेक बर्ष विद्यालयहरुलाई पुस्तकालयका लागि अनुदान दिदै आइरहेको छन् । धेरै सामुदायिक विद्यालयहरुमा पुस्तकालयको शुरुवात भएको पाइन्छ । पुस्तकहरु विभिन्न माध्यामबाट संकलन गर्ने, ¥याकमा राख्ने गरेको पाइन्छ तर उचित व्यवस्थापन र प्रयोग भने सुधार हुन जरुरी छ ।

बिद्यालयमा भएको पुस्तकहरु विद्यार्थीको हातसम्म पुगेको देखिदैन । खास गरी प्रारम्भिक कक्षाका विद्यार्थीहरु को पहुँचमा पुस्तकहरु पुगेका छैनन् । भएका पुस्तकहरु पनि उनीहरुको क्षमता अनुसारका छैनन् । विद्यालयका शिक्षकमा पुस्तकालय व्यवस्थापनको आधारभूत सीपको अभाव छ ।

पुस्तकालयमा भएका पुस्तकहरु शिक्षण सिकाइ क्रियाकलापसँग जोड्न सकिएको छैन । पुस्तक पढ्ने बानीको कमी छ । यिनै कुरालाई मध्यनजर गर्दै ‘रुम टु रिड’ ले प्रारम्भिक तहका बाबु नानीहरुलाई लक्षित गर्दै गोरखाका एक सय वटा विद्यालयहरुमा पुस्तकालय स्थापना गर्न गइरहेको छ । जसमा पुस्तकालयको उचित व्यवस्थापन र प्रयोगका लागि शिक्षक तालिम, प्रारम्भिक तहका नानीबाबुहरुको ईच्छा, रुची तथा उमेर सुहाउँदा पुस्तकहरु व्यवस्था गरिने छ ।

विद्यालयमा पुस्तकालय स्थापना किन ?

२०४७ मा गठीत राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले प्रारम्भीक तह देखिनै बाबु नानीहरुको पढ्ने बानिको विकास गर्न बालपुस्तकालयको अवधारण अघि सारेको पाईन्छ । नेपालका विभिन्न पञ्चवर्षीय तथा त्रिवर्षीय योजनामा पनि पुस्तकालयको विकास र विस्तारमा जोड दिएको पाईन्छ । नेपालको संविधान २०७२ को राज्यका निर्देशक सिद्धान्त तथा नीति अन्तरगत नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सुचना केन्द्र, पुस्तकालयको स्थापना र संचालन गर्ने कुरा उल्लेख छ ।

नेपालको शिक्षा नीति २०७६ को नीतिमा विद्यालयमा पुस्तकालय तथा बुक कर्नरको व्यवस्था गरिने कुरा उल्लेख गरिएको छ । प्रारम्भिक तहमा अध्ययनरत विद्यार्थीहरुमा पढ्ने सिप र बानीको विकास सँगै उनीहरुमा साक्षरता सीपको विकास गर्नको लागि पुस्तकालय आवश्यक छ । विद्यार्थीहरुलाई उनीहरुको स्तर, र रुची अनुसारका पुस्तकहरु सजीलै उपलब्ध होस् र किताबसँग खेल्ने र रमाउने अवसर प्राप्त गरुन् भन्ने उदेश्य पनि हो ।

अहिलेको ‘डिजिटल’ युगमा पुस्तकालयले कत्तिको महत्व राख्छ ?

सबैको हातमा ‘डिजिटल’ सामग्री नहुन सक्छ । उनीहरुको रुची अनुसारका पुस्तक कम छन् । पुस्तकालय भएपछि पुस्तकहरु धेरै समय आफुसँग राखेर, मन परेको कुरा धेरै पटक पढ्न सक्छन । डिजिटल युगसंगै ‘रुम टु रिड’ ले पनि ष्तिभचबअथअयिगम।यचन मार्फत डिजिटल माध्यमबाट बालबालिकाको पुस्तक पढ्ने रहर पनि पुरा गर्दै आएको छ ।

आज पुस्तकालय दिवस, नेपालमा पुस्तकालयको शुरुवात कसरी भयो, यसको ऐतिहासिक पृष्ठभूमिका के छ ?

नेपालको इतिहासमा लिच्छवीकाललाई सुवर्ण युग मानिन्छ । यसै बेला देखि हस्तलिखित धार्मिक ग्रन्थहरु मठ, मन्दिर, गुम्बाहरुमा सुरक्षित राख्ने चलनको शुरुवात भएको थियो भन्ने विश्वास गरिन्छ । पृथ्वी नारायण शाहले नेपालको एकीकरण शुरु गरे । एकीकरण गर्ने सिलसिलामा जुन जुन राज्य विजय गर्दै गए, ति राज्यका मठ, मन्दिरमा राखिएका धार्मिक ग्रन्थहरु पनि आफूसँगै लिएर आए र हनुमान ढोका दरवारको एउटा कोठामा राखे ।

दरवारको कोठा राखिएका पुस्तकहरुलाई संरक्षण गर्न बि.स. १८६९ साल भाद्र १५ गते तत्कालिन राजा गीर्वाणयुद्ध बिक्रम शाहले पुस्तकालय सम्बन्धि पहिलो कानुन बनाए । जसलाई पुस्तक चिताइ तहबिल भनिन्छ । बि. स. २०६५ साल देखि भाद्र १५ गते लाई राष्ट्रिय पुस्तकालय दिवस मनाउन थालिएको हो । रुम टु रिडले पनि बि. स. २०६५ साल देखि पुस्तकालय दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

अन्त्यमा….

आगामी ९-१० बर्षमा हामी जिल्लाका सबै सामुदायिक विद्यालयमा हाम्रो कार्यव्रmम विस्तार गर्न चाहन्छौ । यसका लागि कार्यव्रmम कार्यान्वय ढाँचा समेत तय गरिसकेका छौ । जिल्लाका सबै विद्यालयमा कार्यक्रम विस्तारका लागि ‘रुम टु रिड’ सँग उपलब्ध श्रोतले मात्र सम्भव हुदैन । त्यसैले स्थानीय सरकारसँगको लागत साझेदारीमा कार्यक्रम विस्तार गर्ने योजना छ ।

यो बर्ष कार्यक्रम कार्यान्वयन भइरहेका एक सय विद्यालयको अनुभवका आधारमा अर्को बर्षदेखि नै पालिकासँग लागत साझेदारी गर्ने योजना छ । यसका लागि स्थानीय साझेदार संस्था एकिकरण नेपाल र रुम टु रिडले गोरखा जिल्लाका स्थानीय सरकारसंग समन्वय गर्दै अगाडी बढीरहेको छ भने बजेट समेत विनियोजन भएको छ ।

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘दिनको दश पटक पनि फोहोर उठाउन तयार छौ’
‘प्रभावकारी बिद्युत सेवाका लागी संरचना थप गर्नुपर्छ’
‘अब गोरखा बजारमा पानीको हाहाकार हुदैँन’

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.